टाेखालाइभ डट कम
काठमाडौं ,वैशाख २७,२०७९
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले मध्यराति १२ देखि मौन अवधि सुरु हुँदै छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदै छ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मौन अवधिको पुर्ण पालना गर्न आग्रह गर्दै मौन अवधीमा राजनीतिक दल, नेता , उम्मेदवार , कार्यकर्ता तथा भातृले के गर्न हुने र के गर्न नहुने जानकारी दिदै आयोगले यसको प्रभावकारी कार्यन्वयनमा जोड दिएको छ।
मौन अवधी सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।
यी हुन गर्न नपाईने कार्यहरु :
-मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
-मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
-एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

