• TOKHA LIVE

      TOKHA LIVE

    • २५ बैशाख २०७९, आईतवार ०९:२१

    नेपाल कराते महासंघका हरिशरण सम्मानित

    टोखा लाइभ ।२०७९ वैशाख २४ गते ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकामा नेपाल कराते महासंघका महासचिव रहेका केसीलाई शनिवार सम्मान गरिएको छ।

    के.सी.लाई नेपाली खेलकुदमा कुशल खेलाडी तथा प्रशिक्षक भई कराते खेल मार्फत अन्तराष्ट्रिय खेल क्षेत्रमा पदक हात पार्दै राष्ट्रको गौरव तथा प्रतिष्ठा उच्च राख्नुका नेपाल बादोरियो कराते संघको ब्ल्याक बेल्टले तथा नेपाल यातायात व्यवसायीमा वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्न सफल भएकोमा शुभ कामना सहित खेलकुद सम्मान प्रदान गरिएको हो।

    शनिवार एक कार्यक्रम बीच हरिशरण के.सी.लाई प्रमुख अतिथि गणेश कार्कीले सम्मान पत्र प्रदान गरे । उक्त अवसरमा टोखा गाविसका पूर्व अध्यक्ष तथा शिक्षाविद बाबुलाल डंगोल, अतिथि मा दिपक अधिकारी, राजु कार्की, सुरेंद्र केसी, वादोरियो कराते संघका लक्ष्मण डंगोल, प्रतिक डंगोल र रचना डंगोल लगायतका खेलाडीहरूले केसीलाई सम्मान गरेको थियो । संघका उपाध्यक्ष यादवलाल श्रेष्ठ पनि सम्मानित भए । उनीहरूलाई ब्ल्याक बेल्ट कमिटीका संयोजक सूर्य राईले सम्मानपत्र प्रदान गरेका थिए ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै