टोखालाइभ डट कम । चैत्र २२,काठमाडौं ।
सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दलहरूले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, नारा लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ ।
राजधानी काठमाडौंसँग सीमाना जोडिएको टोखा नगरपालिकामा कम्युनिस्ट र कांग्रेसको केन्द्रीय राजनीतिमा भएको र उनीहरूले जिल्लामा गुटगत राजनीतिलाई सक्रिय राखिरहेकै कारण टोखा राजनीतिको विशेष चर्चामा रहन्छ । गुटैगुटले जकडिएको टोखामा कांग्रेस , एमाले, समाजवादी र माओवादी स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको छ ।

कुल बाह्र पालिका रहेको टोखामा यसअघि कांग्रेसी र कम्युनिस्टले जितेको थियो भने माओवादीको झोलीमा परेको थियो । यसपालि एमालेमा फुट आएको र माओवादीको संगठनमा धमिरा लागेकाले पनि कांग्रेसी, समाजवादीलाई स्थानीय निर्वाचन यहाँ सहज हुने आँकलन गरिएको छ ।
टोखामा १२ स्थानीय तहमै कांग्रेसी, समाजवादी र कम्युनिस्ट तर्फबाट कसले टिकट पाउने भन्ने कुराले स्थानीय राजनीतिवृत्त गर्माएको बेला राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरू कम भएको मानिएको टोखा नगरपालिकामा कांग्रेसबाट नगरपालिका प्रमुख (मेयर) का आकांक्षीहरू असरल्ल देखिन थालेका छन् । टोखा लाइभ ले जिल्लाका र केन्द्रका विभिन्न आम जनतासंग गरेको कुराकानीको आधारमा समाजवादी तर्फबाट टोखा नगरपालिका वडा नं२ का सम्भावित वडा अध्यक्ष पदमा दाबेदारमा रूपमा देवराज डंगोल अगाडी देखिएका छन।
शासक हैन, सेवक भएर काम गर्नेछु- देवराज डंगोल
विद्यार्थी राजनीतिबाट उदाएका समाजवादी पक्षधर मानिने टोखा नगरपालिका वडा नं२ का देवराज डंगोल वडा अध्यक्षका अर्को प्रबल दाबेदार हुन् । उहाँ हरेक आम मानिसका विश्वास पात्रसमेत हुन् । टोखामा सही र सक्षम नेतृत्व खोजिरहेको टोखा समाजको लागि देवराज डंगोल उपयुक्त पात्र बन्न सक्छन् । पक्ष र विपक्षले समेत सहयोग का लागि पुकारिने देवराजले जनताको सुख दुःखमा साथ दिने गरे तापनि टोखामा मठ मन्दिरको रचनात्मक र प्रभावकारी ढंगले विकास गरेर चर्चा कमाएका संभावित वडा अध्यक्ष हुन। उनी राजनीति संगै सामाजिक गतिविधिमा पनि सक्रिय रहेका छन।यस बारेमा देवराज भन्छन- “ म एक सपनतीर्थको पुजारी हुँ, तसर्थ मलाई झुटो र पाप कर्म गर्न आउँदैनन । म दुःख र मिहिनेत गर्ने मन पराउने मानवताका पुजारी हुँ। “

यसैगरी पुरातत्व विभाग का अधिकृत देवेंद्र भट्टराई भन्छन, -“ टोखा नपा वडा नं-२ बाट सक्षम जनप्रतिनिधी हुन लायक़ त देवराज डंगोल जस्ता, आँखामा हाल्दा पनी नविझाउने । उनको नेतृत्वले गरेको काम सवैका लागि विवादरहित हुने गर्छ ।देवराज डंगोल को बोलीमा दम छ । “ उनी अगाडी भन्छन – नहुने र हुन नसक्ने कुराको उनी खुलेर प्रतिवाद गर्छन ।उनको प्रतिवादलाई आम नागरिकले साथ दिएका छन । आज उनले हरेक समस्या समाधान गर्नपाएकामा गर्व गर्छन ।
यस्तै गरी पुरातत्व विभागको पूर्व निर्देशक भेष नारायण दाहाल भन्छन- “ टोखाको देवराज अचम्म को युवा व्यक्तित्व हुन् । टोखाको संस्कृति निर्माणमा बजेट हाल्न अफिसमा आएर ढुकेर होस या नाई भन्दापनि घरमा आएर समेत हायल कायल बनाएर बजेट राख्न बाघ्य तुल्याउँछन। उनको यो शैली पनि मलाई मन पर्यो । देवराज बाबुको काम गर्ने तौर तरिकाले हाम्रो मन जितेको छ । उनले आस्था र विचारका आधारमा टोखाको विकास निर्माणका काम गरेका छन् ।”
टोखा नपा २ का पूर्व वडा अध्यक्ष कसिनारायण श्रेष्ठको देवराज डंगोल प्रतिको भिन्नै विचार छ। उनी भन्छन- “ देवराजको विकास र सामाजिक रुपमा काम गर्ने शैलीलाई वडाका सबै राजनीतिक दलले रुचाएका छन् । उनले गरेको कार्यलाई सत्य मान्नै पर्छ । युवा त्यसमा पनि काम गर्ने शैलीले आम मान्छे को मन जितेको छ नै, उनले भिन्न प्रकारको नयाँ काम गरेर वृद्धावस्था व्यक्ति को पनि उनले मन जिते। जीवनको लामो समयसम्म उनले हासिल गरेको अनुभवलाई नयाँ पुस्ता सम्म पुर्याए । “ उनी सम्झन्छन।
यसैगरी टोखाका लोकप्रिय नेताको रूपमा चर्चा कमाएका जननेता अष्ट नारायण डंगोल भन्नुहुन्छ – “ मैले देवराज डंगोल भाई लाई असाध्यै राम्रोसंग नियालेको छु। उनी जनप्रिय, लोकप्रिय, समाजसेवी, स्पष्टवक्ता साथै विभिन्न संघ संस्थामा काम गरेर प्रशस्त अनुभव बटुलिसकेका देवराज डंगोल परिचय नै शालिनता हो। देवराजको साथ-साथै माइला श्रेष्ठ पनि
दावेदार वडा अध्यक्ष हुन् ।”
टोखा नपा का वर्तमान वडा अध्यक्ष दिपक राज जोशीले वडा मा हुने हरेक कार्यक्रममा देवराज डंगोल को प्रशंसा गर्न रूचाउँछन। उनले गरेको हरेक कार्य वडामा पनि निरन्तरता पाउने गरेको उनले बताए ।
केही महिना अघि टोखाको एक कार्यक्रममा कसैले भलाकुसारी गर्दा भनेका थिए, ‘टोखा को स्थानीय विकासमा सबै भन्दा बढी कोही ब्यस्त छ भने उनी देवराज डंगोल नै हुन् ।’ केही साथी ले टाउको हल्लाउँदै सहमति पनि जनाएका थिए । कारण उनी एक जना सफल विकासात्मक व्यक्तित्व हुन् । पक्कै पनि यस्तो व्यक्ति ब्यस्त हुनै पर्छ । जनताको काममा खटिनै पर्छ । अहिले स्थानीय चुनाव आउनु अघि कामको चाप पक्कै पनि धेरै हुनु स्वभाविक नै हो । यिनै कुराको मध्यनजर गर्दै दिनरात भौतिक पूर्वाधार निर्माण, दैनिक कामकाज देखि खेलकुद र वडाबासिको ब्यक्तिगत सहयोगमा समेत निरन्तर खटिरहेका र युवा माझ प्रेरणाको स्रोत बन्दै एक उदाहरणीय व्यक्तिको रुपमा परिचित टोखा नपा वडा नम्बर २ का संभावित वडा अध्यक्ष हुन्, देवराज डंगोल ।
“एउटा जमानाका खेलाडी, एउटा खेलप्रेमी, क्लबको प्रतिनिधि हुँदै अथक परिश्रम र तन मन होस या धन सबै किसिमले सहयोग र सहकार्य गरि टोखामा विकासमा उर्बर बनाउन लागिपरेका ब्यक्ति नै अहिले आउन लागेको स्थानीय निर्वाचनबाट वडा नम्बर २ को दावेदार वडा अध्यक्षमा सबैमा एक किसिमको आशा अनि भरोसा पलाएको छ । “ टोखा सरस्वतीका पूर्व वडा अध्यक्ष बाबूलाल डंगोल सुनाउँछन।
टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी भन्नुहुन्छ- “ टोखामा जनप्रतिनिधि होस् त देवराज डंगोल र उहाँको टिमले धेरै उदाहरणका काम गरेको पाईन्छ। यसबाट सबैलाई प्रेरणा मिल्नुपर्छ । फ़ुर्सत को दिन देवराज भाई हाम्रो नगरपालिकामा के कस्तो छ भनेर आउनु हुन्छ।हामीलाई उहाँको शब्द शब्दले उर्जा प्रदान गर्छ ।”
आशा अनि भरोसामा खरो उत्रिएका देवराज डंगोल को दिनको सुरुवात नै चण्डेश्वरी मन्दिर र देय् क्षे को निर्माण कार्य चल्दै गरेको स्थानहरूको भ्रमणबाट नै शुरूवात हुन्छ र देवराज भन्छन्- “ काम गर्दा चुनौतीहरु त धेरै आउँछन् नै , स्थानिय स्तरको विकास नै सम्रग मुलुकको विकास हो। तर पनि म शासक हैन, जनताको सेवक भएर काम गर्नेछु ।”

