• TOKHA LIVE

    • ९ फाल्गुन २०७८, सोमबार १८:३९

    एमसीसी संसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता डा. महत

    टोखा लाइभ ।२०७८ फागुन ९ गते ।

    काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताएका छन्।

    सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्। डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भने।

    उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे। कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए । ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो। अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उनले भने।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै