• TOKHA LIVE

    • २८ माघ २०७८, शुक्रबार २०:२८

    टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

    टोखा लाइभ । २०७८ माघ २८ गते ।

    इस्तानबुल । टर्की र ग्रिसको सिमा क्षेत्रमा गत साता चिसोले कठ्याग्रीएर १९ जना आप्रवासीको मृत्यु भएको छ । उनीहरु अवैध बाटोबाट टर्की हुँदै ग्रिस छिर्न आएका थिए ।

    १९ आप्रवासीहरूको गत साता चिसोले ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टी गरेका छन् । मृत्यु हुनेमा नेपाली समेत परेको आंशका गरिएको छ । १९ जनाको शव भेटिए पनि यो संख्या अझै बढ्न सक्ने अनुमान छ । ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएपछि घटना भएको बताइएको छ ।

    घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको छ । कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेका कारण यहाँ नेपालीहरु समेत परेको हुन सक्ने एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्लाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । इस्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिस प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको बताइएको छ । त्यो समूहमा ८ जना नेपाली थिए । जसमा ७ जना सम्पर्कमा आइसकेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै