• TOKHA LIVE

    • २५ माघ २०७८, मंगलवार ११:०३

    सुपर कमिक्सले कलाकार बनेका समुन्द्रमान सिंह

    टोखा लाइभ । २०७८ माघ २५ गते ।

    मोना संग्रहालय को मुख्य प्रदर्शनी कक्षमा पुग्नासाथ देखिन्छ पौभा चित्रमा दख्खल भएका चर्चित कलाकार समुद्रमान सिंहको चित्रहरू। साथमा अन्य विभिन्न देवदेवीका अरु ५० वटा साना देखि ठुला पेन्टिङहरुको चित्रले मोना (म्युजियम अफ नेपाली आर्ट) संग्रहालय ग्यालरीको भित्ता सिंगारिएका छन् ।

    मोना संग्रहालयको आयोजनामा भएको प्रदर्शनी नेपाली परम्परागत कला क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशील रूपमा लाग्दै आएका कलाकार समुन्द्रमानको यो उनको दोस्रो कला प्रदर्शनी हो।

    प्रदर्शनीमा कलाकार समुन्द्रमानले तीन दशक अघिदेखि बनाएका कलाकृतिहरु प्रदर्शित छन् । परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । यस सम्बन्धमा समुद्र मान सिंह भन्छन- “ म सानो स्कुले जीवन देखि नै त्यति बेलाका सुपर कॉमिक्स चित्रे कथाहरु ‘नागराज, सुपर कमाण्डो ध्रुव, जस्ता चित्रकथाहरु हेर्दा मलाई लाग्थ्यो कि म पनि यस्तो चित्रहरु कोर्न सक्छु । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो । “ उनले सुनाए।यस्तो परिवेशमा आफ्नो ५० कलाकृतिहरुको एकैचोटि प्रदर्शनी गर्नु पनि निकै कठिन कार्य भएको उनी बताउँछन् ।

    “ एउटा त मेरो विभिन्न समयको स्वरूप देखाउने हो। मेरो पेन्टिग सन्२००६, २००८, २०११, अनि २०४८ सालको पेन्टिगहरू समावेश छन। यो कला प्रदर्शन गर्नु को मुख्य उद्देश्य चाहि नयॉ कलाकारहरूलाई उत्प्रेरणा दिनु हो। ती कॉचो उमेरको आयाम र चरणहरू पार गर्दा गर्दे बाल्यकाल देखि म २०२१ सम्म को कामहरू गरिरहेको छु ।र ती आयामहरू पार गर्द अहिले मानव मनको पारख गर्न सक्ने कलाकारको रूपमा आएको छु। “ उनले बेलि बिस्तार लगाए।

    “ म आफुलाई भाग्यशाली कलाकार को रूपमा चिनाउन चाहन्छु । म एक महत्वाकांक्षी व्यक्ति हुँ। “ उनको अनुभव छ – “ बुबा बैंकमा साधारण जागीरे र आमा असल गृहिणी थिइन। त्यसैले मैले कहिल्यै डाक्टर र इन्जीनियर बन्ने सपना पालेन । “

    म बाल्यकाल देखि को चित्रकला लाई कहिल्यै भुल्न सक्दिन। आफ्नो बाल्यकाल सम्झदै उनी भन्छन- “ मलाई त्यही आकर्षण ले कलाकार बनाएको हो। “ उनी देवी लक्ष्मीको पेन्टिग देखाउँदै आफ्नो जीवनको स्मृति को पाटो भएको यो पंत्तिकारलाई सुनाउँछन ।

    मोना संग्रहालयले भने उक्त कार्यलाई सहज बनाइदिएको छ । मोना संग्रहालयका सञ्चालक राजन शाक्य को संकलनमा रहेका चित्रहरू र बाँकी चित्र अन्य समुन्द्रमान सिंहको कलाकृतिहरु ल्याई प्रदर्शनीमा राख्ने कार्य मोना ले गरेको छ । मोना संग्रहालय संस्थाका प्रमुख राजन शाक्यले नेपाललाई कला गन्तव्यका रूपमा पहिचान दिनु र अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाको विशेषताबारे जानकारी दिनु पनि यस प्रदर्शनी को उद्देश्य रहेको बताए । प्रदर्शनी दुई हप्ता सम्म रहनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै