• TOKHA LIVE

    • २२ माघ २०७८, शनिबार १०:२८

    देशभर वर्षा र हिमपातले बढायो चिसो

    टोखा लाइभ ।२०७८ माघ २२ गते ।

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आज शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।आज बाट मौसममा केही सुधार हुने देखिएको छ’।मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन । मौसमविद्को भनाइ छ ।

    बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना छ।

    चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको भएको र देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै