• TOKHA LIVE

    • १० माघ २०७८, सोमबार १७:४०

    अग्रज कलाकार सरिताको खुर्सानी प्रेम र मौलिक परम्पराः

    टोखा लाइभ ।२०७८ माघ १० गते ।

    अव्यवस्थित सहरीकरणले कुरुप बन्दै गएको काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान झल्किने कलाकृतिको पाटन स्थित चाकुपाटमा रहेको क्लासिक ग्यालरीमा गत विहिवार देखि ११ जना कलाकारहरूको सन २०२२ को “Connected Creativity “ शीर्षकमा आर्ट प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा सरिता डंगोल, अनामिका गौतम, विनोद प्रधान, कुन्ती थापा, मुकेस श्रेष्ठ, नारायण , प्रमिला ब्रजाचार्य , राजन पन्त, सन्जित महर्जन, सुन्दर लामा र सुनिता महर्जन को चित्र समावेश छन्। कलाकार सरिता डंगोल ले उपत्यकाको नेवार वस्तीमा खुर्सानी सुकाएर घर घरमा झुन्ड्याउने परम्परा र बिउबिजन विषयलाई निकै रोचक तर अर्थपूर्ण तरिकाले प्रस्तुत गरेकी छन।

    प्रदर्शनीमा राखिएका सरिता डंगोलको खुर्सानी चित्रकलाले काठमाडौं उपत्यका को नेवार वस्तीमा हजारौं वर्षदेखि चलेको मौलिक परम्परालाई उधिन्ने काम गरेको छ भने आधुनिकताका नाममा भइरहेको सांस्कृतिक अतिक्रमणलाई समेत कलात्मक रुपमा जीवन्त उतारेको छ । नेवार समुदाय भित्र कुनै दु: ख कष्ट आईपर्यो भने खुर्सानी बाल्दा वा घरमा झुन्डायाएको खण्डमा दु: ख टरेर जान्छ भने धार्मिक विश्वास र परम्परा रहेको छ। यस्ता मौलिक पहिचानले मानव सभ्यता र संस्कृतिलाई जीवन्त बनाइराखेको हुन्छ । यही मौलिक पहिचान विकास र आधुनिकताका नाममा नासिँदै जान थालेपछि कलाकारले चिन्ता प्रकट गर्दै कलाकृति रचना गरेको सरिताले सुनाईन।

    कलाकार सरिता डंगोलको प्रदर्शनीलाई पहिचानको उत्सवको रुपमा लिएको सुनाउँदै काठमाडौंको नेवार वस्तीमा हजारौं वर्षदेखिको परम्परालाई बचाइराख्न कलाकारको समेत विशिष्ट भूमिका हुने धारणा अर्को अग्रज कलाकार चन्द्रा श्रेष्ठले व्यक्त गरिन। उनी अगाडी भन्छिन- , ‘संस्कृति, सम्पदा, प्रतीक आदि नेपालका मौलिक सम्पदा हुन् । यिनको पहिचान, संरक्षण, संवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्दछ । यो प्रदर्शनीको मुख्य उद्देश्य पनि सम्पदा र संस्कृतिलाई जीवित राख्न सबै सरोकारीलाई घच्घचाउनु पनि हो ।तर अहिलेको विकास भनेको भवन, ढल र बाटोलाई मात्र लिएर आधुनिक सुविधालाई मात्र केन्द्रित गरेको पाइन्छ । मौलिक पहिचानको संस्कृतिलाई अतिक्रमण गर्दै अघि बढेको देखिन्छ । आधुनिक प्रविधिमा जोडिदै जाँदा हाम्रा चीज हराउँदै जान्छन् ।’ उनले ती सम्पदाको संरक्षणका लागि सबैलाई अभिप्रेरित गर्नु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको जिकिर गरे । उनले थपिन , ‘यस प्रदर्शनीले हाम्रो सभ्यता र संस्कृतिको लामो परम्परालाई बहसमा ल्याउन सकोस् भन्ने उद्देश्य रहेको छ ।’

    Facebook Comments

    छुटाउनुभयो कि? सबै