• TOKHA LIVE

      TOKHA LIVE

    • २४ पुष २०७८, शनिबार ०५:५४

    अरनिको स्मृति दिवसका अवसरमा दर्जनौं कलाकारहरू सम्मानित

    टोखा लाइभ । २०७८ पुस २४ गते ।

    ललितपुर । नेपाल व्यावसायिक कलाकार संघको २७ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति एवं कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। शुक्रवार सानेपा स्थित क्लासिक भेन्युमा आयोजित कार्यक्रममा संघले २७ औं स्थापना दिवस तथा राष्ट्रिय अरनिको स्मृति दिवस संगै मनाएको छ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले यो वर्षको सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान पुरस्कार मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई प्रदान गरेकी छन्। उक्त पुरस्कारको राशी २५ हजार रुपियाँ रहेको छ ।

    त्यसैगरी यो वर्षको क्रोध कला शिरोमणि पुरस्कार मूर्तिकार बालकृष्ण तुलाधरलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ। त्यस्तै १५ हजार रुपियाँ राशीको मूल्मी ग्राफिक डिजाइन पुरस्कार राजेश मानन्धरलाई प्रदान गरिएको छ। त्यस्तै, कार्यक्रममा मिथिला लोक कलाका कलाकार प्राज्ञ एस.सी.सुमन, व्यावसायिक कलाकारहरू श्याम रञ्जित, राजकुमार प्रधान, विश्वराज सिग्देल र हरिनारायण ठाकुरलाई सम्मान गरिएको थियो।

    हेमगंगा नारी कला प्रतिभा पुरस्कार २०७८ बाट कलाकार चन्दा श्रेष्ठ, हेमगंगा युवा कला प्रतिभा पुरस्कार कलाकार सपना पौडेल, अमात्य कला पुरस्कार कलाकार सविता डंगोल, क्यान सिग्देल आर्ट पुरस्कार स्व.गोविन्द खड्कालाई मरणोपरान्त, निर्वाण कला सम्मान मोफसलका कलाकार आलोक गुरुङ र ज्ञानी शाह क्यान अमूर्त कला सम्मान स्व। पुरन खड्कालाई मरणोपरान्त प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशी जनही १० हजार रुपियाँको रहेको छ ।

    कार्यक्रममा जनही ५ हजार रुपियाँको क्यान आइडियल कला पुरस्कार कलाकार दीपेन्द्रमान बनेपाली र बालकृष्ण स्मृति कला पुरस्कार कलाकार विनोदकुमार गुप्तालाई प्रदान गरिएको थियो।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको समेत विशेष आतिथ्यता रहेको कार्यक्रममा बोल्दै उनले अरनिकोको कलाको संरक्षणसँगै उनको कलाका बारेमा थप खोज एव‌ं अनुसन्धान हुन जरुरी रहेको बताए।नेपाल कमर्सियसल आर्टिष्ट संघकाो वार्षीकीको अवसरमा संघले कलाकारहरूलाई सम्मान गरेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै