• TOKHA LIVE

    • २० पुष २०७८, मंगलवार ०९:२४

    माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित

    टाेखालाइभ डट कम/पौष २०,२०७८

    नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

    आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट
    बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावपछि सर्वसम्मतले प्रचण्ड निर्वाचित भएका हुन् ।

    केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो ।अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकमा शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित हुनुभएको घोषणा गरेका प्रचण्डलाई
    कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

     

    माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ । माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ ।

    विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए । बाँकी रहेका ६३ जना मनोनित हुनेछन् ।

    माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड अग्रपंक्तिमा छन्

    Facebook Comments

    छुटाउनुभयो कि? सबै