• TOKHA LIVE

    • १५ पुष २०७८, बिहीबार १९:४६

    कावा खॉदै कलाकृतिमा

    टोखा लाइभ । २०७८ पुष १५ गते ।

    वरिष्ठ कलाकारहरू आशा दाजु ,एरिना दिदी , चन्द्रा श्रेष्ठ र रसना श्रेष्ठ ज्युका साथमा वहॉको स्टुडियो Kathmandu Art House मा अत्यन्तै सान्दर्भिक छलफल रह्यो। म यसै पनि उहाँको प्रशंसक भएको ले होला अत्यन्तै खुशी लागेको छ। पाटनको मंगल बजार बाट कोरिया को सोल हुँदै युरोप र अमेरिका सम्म आफ्नो कलाकृति बाट आज वहॉहरूले नेपालको नाम र शान बढाई रहेका छन।

    “ म कहिल्यै पनि अरू को निर्देशनमा काम गर्दिन।म स्वतंत्र भएर आफ्नो इच्छा आकॉक्षमा स्टुडियो मा रचनात्मक कार्य गर्न चाहान्छु। यहॉ कलाकारहरूको छुट्टै विशिष्ट समाज छ। “ एरिना भन्छिन ।

    ठमेल , स्थित “काठमांडू गेस्ट हाउस पार्क “ को स्टुडियो पस्ने बित्तिकै हरेक दर्शकका आँखा रातो रंगमा रंगिएको ‘थर्ड आई’ शीर्षकको चित्रकलामा ठोक्किन पुग्छ। उक्त प्रदर्शनी तथा बिक्री का लागि राखेको तेस्रो नेत्र थिमको चहकिलो रातो, नीलो, हरियो रंगमा तयार पारिएका पोट्रेटले सबैको मन जितेको देखिन्छ ।

    अव्यवस्थित सहरीकरणले कुरुप बन्दै गएको काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान झल्किने कलाकृतिको वरिष्ठ कलाकार आशा डंगोल र एरिना दिदी ज्युले आफ्नो कलाकृति ठमेल स्थित Kathamandu Guest House भित्र को स्टुडियोमा बिक्रीका लागि राखिएको छ ।सो स्टुडियोमा राखिएका कलाले काठमाडौं उपत्यकामा हजारौं वर्षदेखि चलेको मौलिक परम्परालाई उधिन्ने काम गरेको छ भने आधुनिकताका नाममा भइरहेको सांस्कृतिक अतिक्रमणलाई समेत कलात्मक रुपमा उतारेको छ । मौलिक पहिचानले मानव सभ्यता र संस्कृतिलाई जीवन्त बनाइराखेको हुन्छ । यही मौलिक पहिचान विकास र आधुनिकताका नाममा नासिँदै जान थालेपछि कलाकारले चिन्ता प्रकट गर्दै कलाकृति रचना गरेको सुनाए ।नेपालमा पनि अहिले कलाकृति को आशलाग्दो बनेको मैले पाएको छु। आशा डंगोल को अनुभव छ।

    अग्रज कलाकार आशा डंगोलका कलाले काठमाडौं सहरका अग्ला–अग्ला भवन, सडक, सवारीको ताँती, चर्को ध्वनि, सुक्दै गईरहेको विरूवा, सास फेर्न मुश्किल, वातावरणमा बढ़दै गएको कार्वन डाईऑक्साइड, अव्यवस्थित बजार, अव्यवस्थित ढल, यस्तै काठमांडौंवासीको व्यस्त दैनिकीको कथा भनिरहेको कलाकार रसनाले बताइन ।” पहिले काठमांडौं को जुनसुकै कुनामा बसेर अवलोकन गरे पनि जता हेरे पनि उतै हरियाली देखिन्थे । तर अहिले समयले कॉचुली फेरि सकेको छ। ठुल ठूला भव्य घरहरू कृषि योग्य भूमिमा बनिसकेका छन। हामीलाई धिक्कार छ कि ! हामीले यहॉ कंक्रीट को जंगल खड़ा गरेका छौं।”

    Facebook Comments

    छुटाउनुभयो कि? सबै