• TOKHA LIVE

      TOKHA LIVE

    • १५ पुष २०७८, बिहीबार ०८:४५

    शिवपुरीमा पनि हिउँ पर्यो

    टाेखालाइभ डट कम/पौष १५,२०७८

    काठमाडौं /शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने काठमाण्डौ उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरी डाँडा क्षेत्रमा हिउँ परेको छ।

    काठमाडौंबाट नजिककै पर्ने भएकोले हिउँदमा यहाँ अहिले हिउँ खेल्न जानेको संख्या उल्लेख्य छ। यस क्षेत्रमा पनि हिउँदमा गत वर्षमा पनि बाक्लो हिउँ परेको थियो ।शिवपुरी -नागार्जुन राष्ट्रिय निकुन्ज रहेको सो पर्वत शृंखला अहिले हिउँले सेताम्म्मे भएको छ।

    टाेखा नगरपालिकाबाट देखिएको शिवपुरीमा परेको हिउँ

    शिवपुरीमा हिँउ परेपछि सो ठाउँ हुँदै नुवाकोटको यात्रा गर्ने हरु रमाएका छन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण चिसो बढेको छ।हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर बनेको छ । शिवपुरीमा हिउँ हेर्न जाने आन्तरिक पर्यटकहरु बाटो बिराउने र हराउने सम्भावना हुने भएकोले नेपाली सेनाले एक्लै यात्रा गर्न भने रोक लगाउने गरेको छ । तर समूहमा जानेका लागि भने कुनै रोकतोक हुँदैन।

    काठमाण्डौ उपत्यकाका जुन सुकै स्थानबाट पनि करिव १ घण्टामा सजिलै पुग्न सकिने सो पर्वत शृंखलाबाट सुन्दर हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ।शिवपुरी पर्वतमा जानको लागि टाेखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका मार्गहरु प्रयोग गर्न सकिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै