• TOKHA LIVE

      TOKHA LIVE

    • १३ पुष २०७८, मंगलवार १२:२६

    माधवनारायण व्रत बस्नको लागि कोभिड १९ को खोप लगाएको हुनुपर्ने

    टोखा लाइभ ।२०७८ पौष १३ गते

    ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ ।

    श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको हिजो बसेको बैठकले आगामी माघ ३ गते देखि सञ्चालन हुन लागेको माधवनारायण व्रतको लागि व्रत बस्न इच्छुक महानुभावहरुको लागि केही मापदण्ड तय गरेको छ ।

    समितिको निर्णय अनुसार– गत वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य मापदण्ड तय गरिएको हुँदा व्रत बस्न इच्छुक भक्तजनहरुको लागि अनिवार्यरुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको हुनुपर्ने मापदण्ड तय गरिएको छ । साथै छातीको एक्सरे लिई निमोनिया छ कि छैन जाँच गराएर रिपोर्ट साथमा लिएर आएको हुनुपर्ने, केही दिन अगाडिको कोभिड परीक्षणको रिपोर्ट समेत साथमा संलग्न हुनुपर्ने र १६ देखि ६० वर्षको उमेर समूहका लाई मात्र व्रतालुको रुपमा स्विकारिने समेत समितिले जनाएको छ ।
    गतवर्षहरुमा जस्तै यस वर्ष पनि समितिले पत्रकार सम्मेलन मार्फत् आम भक्तजनमा यस वर्षको माघ मेला तयारी बारे जानकारी गराउन यही महिनाको अन्त्यतिर मेला सञ्चालन हुनुभन्दा हप्तादिन अगाडि पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी समेत दिएको छ ।
    साथै व्रतालु संख्या समेत सीमित गरिने समेत समितिले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै