• Sanu Raj Dangol

    • २८ कार्तिक २०७८, आईतवार १०:०४

    सिटिजन लाइफ इन्स्योरेन्सद्धारा टाेखामा लिडर्स सम्मान

    टाेखालाइभ डट कम/कार्तिक २८,२०७८

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा टाेखाशाखामा लिडर्सहरुलाई सम्मान गरेको छ ।

    टाेखा नगरपालिका वडा ७ स्थित दियालो फुडल्याण्डमा शनिबार  सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको लिडर्स सम्मान कार्यक्रममा कम्पनीले जिवन विमाको क्षेत्रमा योगदान गरेका लिडर्सहरुलाई विभिन्न पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो ।

     

    सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स सम्मान कार्यक्रमको प्रमुख अतिथी टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्तरूपमा पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथी टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले आफू पनि कुनै समय एक इन्स्योरेन्स कम्पनीको अभिकर्ता भएको बताउदै निर्जीव सवारी साधनको चै बिमा गर्ने मान्छे मरिसके पछि के को बिमा भन्दै बिमा नगर्ने गरेको बताइन् । चेतनाको कमि भएको त्यसमाथि सरकारी बिमा कम्पनीले समेत यो बिषयमा बुझाउन चासो नदिएको अवस्थामा टाेखामा आउने हरेक बिमा कम्पनीहरुले सहि सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिइन्।

    सिटिजन लाइफ इन्स्योरेन्स तालिम बिभाग प्रमुख कुबेर पाठकले इन्स्योरेन्स,इन्स्योरेन्स बिक्री पोलिसीको बिषयमा केन्द्रीत रहेर सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो ।

     

    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले कर्पोरेट क्लबको बारेमा कक्षा संचालन गर्दै उहाँले आफ्नो विचार प्रष्ट पार्नु भएको थियो ।

    कार्यक्रममा कलाकार भाइबहिनीहरुले लोकप्रिय गितमा नेपालभाषा, गुरुङ , राई , मगर र,तामाङ पहिरणमा आकर्षक नृत्य प्रस्तुति दिएका थिए ।

    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार अधिकृत भूषण रिमालले कसरी बजारमा आएका चुनौतीहरुको सामना गर्ने बताउदै  कम्पनीले नयाँ योजना बनाएर अगाडि बढेको बताउनु भयो।

    कार्यक्रममा माइक्रो क्रेडिट प्रमुख रिता पाठक ,डाईमण्ड क्लब बिजेता  MDRT सुशील राज पाण्डे ,सरिना लामिछाने, गोल्डेन क्लब बिजेता गोकर्ण प्रसाद पाण्डे , सिल्भर क्लबका बिजेता श्याम कुमार बस्नेत  सृजना रिजाल ,प्रकाश पाण्डे , दावा टेन्जी तामाङ,निता पन्थी , हरिप्रसाद खरेल लगायतले सिटिजन लाइफ इन्स्योरेन्सको चर्चा गर्दै आ- आफ्नो मन्तव्य राख्नुभएको थियो ।

    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत,पोषकराज पौडेलले नयाँ कम्पनी हुनाले प्राविधिक रूपमा कम्पनीलाई फाइदा भइरहेको बताउनुभयो । कम्पनीले प्रयोग गरेको प्रविधि नयाँ छ । स्थापित भएका कम्पनीहरूले प्रयोग गरिरहेको प्रणाली परिवर्तन गर्न चुनौती रहन्छ ।
    सिटिजनलाई त्यस्तो अप्ठ्यारो छैन ।अहिले प्रतिस्पर्धी कम्पनीहरू धेरै भएकाले कम्पनीबीच प्रतिस्पर्धा भैरहेकोले त्यसबाट चेतना वृद्धि गर्न पनि सहयोग पुगेको बताउनुभयो।

    सिटिजन लाइफ इन्स्योरेन्स टाेखाशाखाका ब्रान्च मेनेजर राजकुमार न्यौपानेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कम्पनीले जिवन विमाको क्षेत्रमा योगदान गरेका
    डाईमण्ड क्लब , गोल्ड क्लब , सिल्भर क्लब  र गतवर्षका एजेन्सी मेनेजरहरु गरि नयाँ धमाका एजेन्सी मेनेजर ३० जनालाई सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटा लगायत सम्पुर्ण टिमले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

    कार्यक्रममा टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल,
    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, कम्पनीका क्षेत्रीय शाखा प्रमुख बिष्णु प्रसाद सापकोटा,कम्पनीको तालिम बिभाग प्रमुख कुबेर पाठक,माइक्रो क्रेडिट प्रमुख रिता पाठक,सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार अधिकृत भूषण रिमाल,सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको साथै डाईमण्ड क्लब , गोल्ड क्लब , सिल्भर क्लबका लिडर्सहरु गरि एजेन्सी मेनेजरहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै