• TOKHA LIVE

    • २२ कार्तिक २०७८, सोमबार ०९:४७

    प्रताप मल्लले बनाइएको रानीपोखरीमा भाइटिकाको दिन सर्वसाधारणको भिड

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ कार्तिक २२,२०७८

    दाजुभाई दिदिबहिनी नहुनेहरुका लागि राजा प्रताप मण्डली बनाइएको काठमाडौंको जमलमा रहेको रानीपोखरी बालगोपालेश्वर मन्दिरमा भाइटिकाको दिन
    सर्वसाधारणहरु दर्शन गरेर आफ्नो न्यास्रो मेटाउँछन्।

    २०७२ सालको भुइँचालोमा क्षति पुगेको यो मन्दिर पाँच वर्षपछि पुनः निर्माण सम्पन्न गरी गत वर्षबाट मात्र खुल्ला गरेको छ। प्रताप मल्लले आफ्ना १३ वषिर्य पुत्र चक्रवर्तिन्द मल्लको मृत्यु शोकमा परेकी रानी अनन्तप्रियाको चित्त बुझाउन यो पोखरी निर्माण गरेको इतिहास छ। रानीलाई कसैगरी सम्झाउन नसकेपछि संसारमा सबैले मृत्यु शोक व्यहोरेका छन् भनेर चित्त बुझाउन उनले सुरु गराएको गाईजात्रा पनि हाम्रो इतिहासको महत्वपूर्ण अङ्ग बनेका छन्।

    राजाले गाईजात्रा पर्व सुरु गरेपछि रानी अनन्तप्रिया केहीदिन उज्यालो देखिइन्। रानीलाई लागेकि आफूजस्तै शोकमा परेकाहरुले अनेक श्रृगार तामझाम र केही अश्लीलता समेत प्रदर्शन गरेर हसाउने चेष्ट गरेको देख्दा अनन्तप्रियालाई यसले केही समय मनोरन्जन भयो। बिस्तारै फेरी उनको मनमा अध्यारोले गाँज्दै ल्यायो। रानी दुखी भएको देखेर राजा पनि दुःखी भएको थियो। एकदिन राजाले रोइरहेकी रानीको अगाडि गएर सोधे जे नहुनु थियो, त्यो भयो अब सधैं त्यसलाई सम्झेर यसरी बस्नु ठिक होइन अब के गर्दा आफ्नो मनलाई सम्हालिन सकिन्छ भनेर रानीलाइ सोध्दा रानीले यी पोखरी र मन्दिरको प्रस्ताव राखेपछि निर्माण गरिएको पोखरी हो, रानीपोखरी!!!!

    काठमाडौंको जमलमा बनेको रानीपोखरी बनाउनमा प्रताप मल्लको आफ्नै शैली थियो। जब रानीपोखरी निर्माण पछि रानी अनन्तप्रियाले मन शान्त गरेको थियो।
    रानीपोखरीको बीच राजा प्रताप मल्ल र रानी अनन्तप्रियाको धेरै ईतिहासका कुराहरु जोडिएको पोखरी २०७२ सालमा फेरि भुईचालोले रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो। यसलाई पूर्ण निर्माण क्रममा मन्दिरको संरचना कस्तो हुनुपर्छ भन्ने विषयमा केही विवाद पनि चर्केको थियो। यस पोखरी जस्ताको तस्तै बनाउनुपर्नेमा दुईमत रहेन,

    भाइटीकाको दिन दाजुभाइ दिदीबहिनी नभएका आम नेपालीहरूको मन बिसाउने ठाउँ बनेको छ। भाइटिकाको दिन खोल्ने रानीपोखरीमा उत्तिकै भिड हुने गर्दछ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै