• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • १३ कार्तिक २०७८, शनिबार १६:४१

    सिटिजन लाइफ इन्स्योरेन्सद्धारा चौथो वार्षिकोत्सवको अवसरमा टाेखामा रक्तदान कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम/कार्तिक १३,२०७८

    सिटिजन लाइफ इन्स्योरेन्सद्धारा चौथो वार्षिकोत्सवको अवसरमा टाेखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    सिटिजन लाइफ इन्स्योरेन्स टाेखा शाखाले आफ्नो चौथो वार्षिक उत्सवका अबसरमा कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आज काठमाडौंको टाेखा नगरपालिका वडा ११ मा इन्स्योरेन्सको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

    सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र र अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालको सहकार्यमा सयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभएको थियो।

    रक्तदान कार्यक्रममा  स्वागत मन्तव्य राख्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टाेखा शाखा प्रमुख तथा कार्यक्रम संचालक राजकुमार न्यौपानेले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक अवसर पारेर कम्पनीले सप्ताह ब्यापी नेपाल भरी रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको बताउदै कोरोना महामारीको समयमा रगतको अभाब भएर कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने भावका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्त सञ्चार केन्द्र र अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको सिटिजन लाइफ इन्स्योरेन्स टाेखा शाखा प्रमुख राजकुमार न्यौपानेले बताउनुभयो।

    रक्तदान कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले कोरोना महामारीको समयमा रगतको अभाब भैरहेको अवस्थामा हरेकले आ- आफ्नो ठाँउमा रक्तदान गर्न आवश्यक रहेको बताउदै रक्तदान गरेर पनि आफ्नो जनताको सुरक्षा गर्न जन स्वास्थ्यलाई ध्यानमा राखेर
    सिटिजन लाइफ इन्स्योरेन्स टाेखा शाखाले मानवीय सेवा समर्पित भै रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै यसकार्यका लागि सिटिजन लाइफ इन्स्योरेन्स र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

    रक्तदान कार्यक्रमका विशिस्ट अतिथि टाेखा नगरपालिका वडा १० का अध्यक्ष मधुसूदन पाण्डे र टाेखा नगरपालिका वडा ११ का वडा अध्यक्ष उत्तम अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    सिटिजन लाइफ इन्स्योरेन्सले रक्त सञ्चार केन्द्रको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख बिष्णुप्रसाद सापकोटाले समापन गर्नुभएको कार्यक्रममा टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल, टाेखा नगरपालिका वडा १० का अध्यक्ष मधुसूदन पाण्डे , टाेखा नगरपालिका वडा ११ का वडा अध्यक्ष उत्तम अधिकारी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टाेखाशाखा प्रमुख राजकुमार न्यौपाने,सिनियर एजेन्सी मेनेजर श्यामकुमार बस्नेत ,MDRT सुशील राज पाण्डे , एजेन्सी म्यानेजरहरु बिनोद गुरागाँइ,गोकर्ण प्रसाद पाण्डे ,सानुबाबु श्रेष्ठ ,सुमन गेलाल,हरिप्रसाद खरेल,विश्वास श्रेष्ठ , नन्द कुमारी श्रेष्ठ लगायत टाेखा शाखाको सम्पूर्ण टिमको उपस्थितिमा रक्तदान गरिएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै