• TOKHA LIVE

    • ४ कार्तिक २०७८, बिहीबार १८:१८

    हाँडीगाउँमा चाेक्ते नारायणको जात्रा शुरु

    टाेखालाइभ डटकम/ कार्तिक ४,२०७८
    ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा चाेक्ते नारायण को जात्रा हो। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा नरमा “चाेक्ते नारायण”काे जात्रा हुने गर्दछ । साधारण रुपमा जनमानसमा झुण्डिएकाे एक उखान “कहीं नभा जात्रा हाँडीगाउँमा” भन्ने जात्रा नै अहिलेको चाेक्ते नारायणकाे जात्राको रूपमा प्रसिद्ध रहेको  हाे । यस जात्रालाई स्थानीयवासीहरु “नरनारायण”काे जात्रा पनि भनिन्छ  ।

    नरनारायण”काे जात्रामा ब्रम्हा, विष्णु र उमा महेश्वरकाे जात्रा हुने गर्दछ । एक रानीकाे घमण्डपूर्ण व्यवहारले रुष्ट बनेका नारायण भगवानकाे काेपकाे कारण रानीकाे प्रसव वेदना १२ वर्षसम्म राेकेका थिए ।

     

    परापूर्वकालमा काठमाडौं हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसूतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखेकी थिइन्।

    रानीका साथै त्यहाँका नारीहरुकाे समेत प्रसव वेदना राेकी सामान्य जनजीवनमै समेत असर परेपछि नारदकाे सल्लाहमा विश्वकर्माले महापर्वतमा तपगरी बसेका नारायणलाई रिझाउने क्रममा ब्रम्हाण्डमा कहीं नभएकाे खट र साे खटमा कहीं नभएकाे फूलद्वारा सिंगारपटार गरि साेही खटमा विराजमान गराई नेपालमण्डलमा सवारी गराउने प्रस्तावलाई राखेकाे थियाे ।

    साेही प्रस्ताव बमाेजिम तीन तल्लाकाे खट जसमा गजूर उल्टा राखी तलबाट दुइवटा डाेरीकाे सहायताले घुमाउँदा पृथ्वी जस्ताे घुम्ने । साे खटमा सेताे कपडाले ढाकी हिमालय पर्वतकाे र ‍हरियाे धुपीले सजाई महाभारत पर्वतकाे स्वरुप दिएकाे र प्रत्येक तलाकाे खटमा पहेँलाे मैनकाे स्वर्ण फूल (जुन कुनै लाेकमा फूल्दैनथ्याे) बाट सिंगारेकाे खटमा राखि बाजागाजा, लावा लश्करकाे साथमा नेपालमण्डलमा सवारी गराएका थिए।

    तत्पश्चात नारायण खुशी भई १२ वर्ष सम्म राेकिएकाे रानीकाे प्रसव वेदना पनि भयाे र जनजीवन सुचारु रुपले पनि चल्याे
    बहिनीको अहम् भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्न परेको हुँदा ज्योतिषीलाई देखाउँदा नारायणलाई हेला गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कही नभएको तरिकाले जात्रा गरी फकाएर ल्याएमात्रै बच्चा जन्मिन्छ भनेको हुँदा यो जात्रा चलाएको भन्ने किम्बदन्ती रहेको यहाँका बुढापाकाहरु बताउँछन्।

    यसरी अनाैठाे खटकाे यात्रा भएकाेले पनि साेही बेलाबखत देखि “कहीं न भाकाे जात्रा हाँडीगाउँमा” भन्ने उक्तिले प्रख्यात पाएकाे विश्वास गरिन्छ । यो जात्रामा तीन वटा रथ हुन्छन्, गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्रा गर्ने रथमा माथि गजुर हुन्छ।

    त्यसैले यो जात्रा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेर प्रख्यात भएको बुढापाकाहरु बताउँछन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै