टाेखालाइभ डट कम/ असोज २,काठमाडौं
टोखा नगरपालिका वडा नं. ५ वसुन्धरामा रहेको दियालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले एक समारोहका बीच पानसमा दीप प्रज्ज्वलन गरेर समुद्घाटन तथा शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख अधिकारीले नगरको समग्र विकासको लागि टोखालाई सहकारीको हब बनाउने दिशामा कार्ययोजना बनिरहेको बताउनुभयो । उहाँले आर्थिक लाभ–हानीको व्यापार मात्र नगरेर अब सहकारीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्ने बताउनुहुँदै नगरपालिकाले सहकारीको स्तरोन्नति र प्रभावकारी सञ्चालनको लागि सञ्चालक सदस्यहरूलाई विभिन्न समयमा आावश्यक तालिम दिँदै आएको र अब निकट भविष्यमा पनि वृहत् तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो ।
उपमेयर ज्ञानमाया डंगालले सहकारी स्थापना गरेर मात्र नहुने बताउँदै सञ्चालनको लागि सक्षम र प्रभावकारी नेतृत्वको आवश्यक पर्छ भन्नुहुँदै त्यसको लागि तालिम, ज्ञान र अनुभवको आवश्यक पर्छ, भन्नुभयो ।
टोखा नगरपालिका वडा नं.५ का अध्यक्ष जगन्नाथ ढकालले शहकारी सञ्चालन आजको आवश्यकता भएकोले विश्वमा जुन जुन देशले प्रभावकारी रूपमा सहकारी अभियानलाई सञ्चालन गरेका छन्, ती देशको आर्थिक तथा सामाजिक विकासको दर तीव्र गतिमा बढेको छ, भन्नुुभयो । ढकालले समाजको आवश्यकता र भावना अनुसार सहकारीले लगानी गर्नुपर्ने बताउनुहुँदै टोखामा अब सहकारीहरूले कृषिमाभन्दा उद्योेगको स्थापना र सञ्चालनमा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा टोखा नगरपालिकाकी सहकारी शाखा प्रमुख कमला कार्कीले सहकारीहरूले परम्परागत ढाँचामा कार्यालय स्थापना गरेर पैसा उठाउने र ब्याजमा लगाउने काम मात्र नगरी परिवर्तित अवस्था र कानुन अनुसार सामाजिक उत्तरदायित्वका साथ तोकिएका विषय र शीर्षकहरूमा पनि निश्चित रकम विनियोजन गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा आफ्नो धारणा राख्दै लायन्स क्लब इन्टरनेशनल डिरेक्टर ईन्डोर्सी÷एलसीआईएप्m एरिया लिडर बालकृष्ण बुर्लाकोटीले सहकारीले निक्षेप सङ्कलन र ऋण लगानी गर्दा दुवैमा आफ्ना ग्राहक र सदस्यहरूको अवस्था र मनसाय बुझेर मात्र काम गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चालकको कारणले मात्र नभएर ग्राहक सदस्यहरूको कारणले पनि धेरै सहकारीहरू डुबेका उदाहरणहरू छन्, भन्नुभयो ।
उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्दै सञ्चालक सदस्य तथा साहित्यकार रेणु अधिकारी मौनता र स्वागत मन्तव्यसहित सभा समापन गर्दै कार्यक्रमकी सभापति तथा सहकारी संस्थाकी अध्यक्ष सुधा थापाले दियालो सहकारी स्थापनाको उद्देश्य र यसका भावी योजनाका बारेमा उपस्थित अतिथि तथा आफ्ना सदस्यहरूलाई जानकारी गराउनुभएको थियो ।
शुभारम्भ कार्यक्रमको सञ्चालन सदस्य लक्ष्मी थापाले गर्नुभएको थियो ।संस्थाकी अध्यक्ष सुधा थापाको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोल, नगरपालिकाका वडा अध्यक्षहरू, नगर कार्यपालिकाका सदस्यहरू, संस्थाका पदाधिकारी तथा सदस्यहरू र विभिन्न सङ्घ, संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

