नविना श्रेष्ठ
टाेखा लाइभ डट कम / भाद्र ५,२०७८
काठमाडौंको टोखा नगरपालिका वडा नं १ झोर महांकालमा सपनातिर्थ बहुउद्देश्यीय सहकारीले झोर महांकालमा शाखा विस्तार गरि कारोबार शुभारम्भ गरेको छ।
भाद्र ३ गते विहिबार संस्थाको संचालक समितिका अध्यक्ष विश्वराज श्रेष्ठ र टोखा नगरपालिका वडा नं १ का अध्यक्ष कृष्ण अधिकारी र टाेखा वडा नं २ का अध्यक्ष दिपकराज जोशीवाट संयुक्त रुपमा उद्घाटन सु- सम्पन्न भएको छ।

कार्यक्रम उदघाटनमा बेलुन उडाएर उदघाटन गरिएको थियो। भने सस्थाका सचालक समितिका अध्यक्ष कार्यक्रमका सभापति विश्वराज श्रेष्ठ र प्रमुख अतिथि कृष्ण अधिकारी, विशेष अतिथि वडा नं २ का अध्यक्ष दिपक राज जोशी, प्रवक्ता काईला डंगोल, अतिथिमा समाज सेवा हरिहर अधिकारी, वडा नं २ का सदस्य हेराकाजी डंगोल, शिक्षक बाबुलाल भण्डारी लगायत विभिन्न संघ-संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

विशेष अतिथि वडा नं २ का अध्यक्ष दिपक राज जोशीले सहकारी स्थापना हुनु मात्र ठूलो कुरा होइन। यसबाट स्थानीय वासिन्दाहरुलाई सर्वसुलभ तरिकाले सेवा सुविधा प्रवाह हुने वताए। सपनातिर्थ बहुउद्देश्यीय सहकारी झोरमा यो भन्दा २,३ वर्ष अगाडि देखि स्थापना गर्ने योजना रहेको आफूले जानकारी पाएको भएपनि कोभिड -१९ कोरोनाको महामारीको कारणले गर्दा पनि ढिलै भए पनि आज अहिले यो कार्य गर्न सफल भएकोमा अध्यक्ष दिपक राज जोशीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

टोखा नगरपालिका भरी सहकारी मध्ये कै अग्रपंक्तिमा रहि सबैभन्दा धेरै कर तिरेर धेरैलाई सुविधा दिन सफल भएको सहकारीमा सपनातिर्थ बहुउद्देश्यीय सहकारी रहेको जानकारी कार्यक्रममा जानकारी दिइयो। टाेखा नगरपालिकामा धेरै सहकारीहरु दर्ता भएर निरन्तर संचालनमा छन् ।तर त्यसमध्य आज सपनातिर्थ सहकारीले धेरै सेवाग्राहीहरुको मन जिटेर धेरैलाई सेवा सुविधा प्रदान गर्दै सफलतापुर्वक कारोबार गरिरहेको वताए।

वडा अध्यक्ष दिपकराज जोशीले एउटा सहकारी दर्ता गर्न दुई लाख लाग्छ र भन्दै सामुहिक प्रतिप्रश्न पनि गरे। टाेखा नगरपालिका कृषि पकेट क्षेत्र भएकोले आर्थिक अवस्था निम्न व्यक्तिहरुलाई केहि सिमित रकममा सेवा सुविधा दिन सहकारीलाई आग्रह समेत गरेका थिए । टोखा र झोरको सम्वन्ध भनेको नङ् र मासुको जस्ताे भएको भन्दै वडा नं १ मा रहेको स्रोत साधन टोखामा पनि सदुप्रयोग हुनु पर्ने र झोरका आम कृषिले सुलभ सेवा सुविधा लिनुपर्ने भन्दै सपनातिर्थ सहकारीले शाखा केन्द्रलाई स्थापना गर्न सफल भएकोमा वडाध्यक्ष दिपक राज जोशीले शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथी श्री कृष्ण अधिकारीले कोभिड-१९ को यो महामारीमा धेरै भिडभाड नगरी कार्यक्रम छोटो गरेको वताए। सहकारीको प्रथम पिता भनेर हामीले रोबट ओभ्रनको नाम लिन्छौं । उहाँ बेलायतमा जन्मनुभएको हो। उहाँले त्यति बेला कष्ठकर जिवन वताइ रहनुभएको र दुख पाइरहनु भएका मजदुरहरुलाई बतुलेर उहाँहरुको थोरै जिवन आर्य आजनवाट केहि रकमहरु जम्मा गरेर बालबालिकाहरुलाई शिक्षा दिक्षा दिनेमा खर्च गरेको थियो। यीनै योजनामा सहकारी स्थापना गरेको र नेपालको परिचयमा बखान सिंह गुरुङले बखान सहकारी २०१३ सालमा सुरु गरेको थियो। उहाँ २०११ सालमा कृषि मन्त्री रहको जानकारी दिनुभयो। सहकारी स्थापनासंगै कृषिक र मजदुरहरुलाई धेरै सहज हुने वताए।
झोरको वासिन्दा तथा टोखाको वासिन्दाहरुलाई सहज र सुविधा दिनको र साथै स्थानीय वासिन्दासंग सहकार्य गरी विकासका कार्यहरु गर्न आफू सधैं प्रतिबद्ध रहेको प्रमुख अतिथि श्री कृष्ण अधिकारीले वताए।
कार्यक्रमका सभापति विश्वराज श्रेष्ठले कोभिड -१९ का महामारीको यो विषम परिस्थिति अनुरुप पनि सहकारीको निमन्त्रणा लाई स्वीकार गरि उपस्थित सम्पूर्णमा धन्यवाद दिदै सपनातिर्थ बहुउद्देश्यीय सहकारीवाट सम्पूर्ण स्थानीय कृषक मजदुरहरुलाई कहिले पनि निरास नपार्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले एक हातले तालि नवज्ने संकेत गर्दै
झोरका स्थानीय वासिन्दाहरु सबैलाई सहकारीमा वचत गर्न समेत आग्रह गरेका थिए।

