टाेखालाइभ डट कम /भाद्र ४,२०७८
“हराभरा बिष्णुमति खोला” भन्ने मुल नाराका साथ बालदिवसको अबसरमा आज टाेखा नगरपालिका वडा ३ स्थित बिष्णुमति करिडाेर उपभोक्ता समितिद्वारा आयोजना तथा सानिमा बैंकको सहयोगमा बृहत बृक्षारोपन कार्यक्रम टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

बिष्णुमति करिडाेर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बृक्षारोपन कार्यक्रममा समितिका उपाध्यक्ष शुसान्त डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
बृक्षारोपन कार्यक्रमको लागि वन विभागबाट ४५० वटा वाेट विरुवाहरु र सानिमा बैंकबाट त्रि गार्ड समेत सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी दिइयो । हाल १२ फिट रहेको सो बिष्णुमति करिडाेर सडक उपभोक्ता समितिद्वारा १० मि./ ३३ फिट बाटो विस्तारका लागि उपभोक्ता समितिद्वारा सहमतिको लागी पहल समेत भैसकेको समितिका उपाध्यक्ष शुसान्त डंगोलले जानकारी दिनु भयो।

बृक्षारोपन कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा नगरपालिकालाई हरित शहरको रूपमा रुपान्तरणका लागि विभिन्न परियोजना अघि सारेको बताउदै नगर प्रमुख अधिकारीले टाेखामा कण्क्रीट जङ्गलमा रुपान्तरण हुँदैछ, त्यसकारण आज टाेखा नगरपालिकाले ‘एक घर दुई फलफूल ‘नारा लिएको छ।त्यसलाई सफल बनाउन हरेक टाेखा नगरवासी नागरिकको उत्तिकै उत्तरदायित्व रहेको नगर प्रमुख प्रकाश अधिकारीको भनाइ छ।

टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ भने ३५ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको नगर प्रमुख प्रकाश अधिकारले बताउनुभयो । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई ६ हजार फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक कृषि औजार उपकरण वितरण, ५०० जनालाई कौसी खेती तालिम दिइसकेको छ। नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखानगरपालिका भरि २ हजार बत्ती जडान गरि बत्ति बाल्न सफल भएको छौं । “ नगर प्रमुख प्रकाश अधिकारीले विष्णुमती करिडोर विकास गर्नुपर्छ भनेर आफू सधै लागिरहेको बताउदै बिष्णुमति करिडोर विकास र विस्तार गर्न निरन्तर यो अभियानमा खटिन समितिका पदाधिकारीहरूलाई आग्रह गर्दै आफुले आफू र नगरपालिकाको तर्फबाट निरन्तर साथ र सहयोग समर्थन रहने नगर प्रमुख प्रकाश अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा सहयोगी संस्था सानिमा बैक वरिष्ठ व्यवस्थापक टंकमनि बरालले बिष्णुमति करिडाेर उपभोक्ता समितिद्वारा आयोजित बृक्षारोपन अभियानमा सानिमा बैंक जाेडिन पाउदा असाध्यै हर्षित भएको बताउनुभयो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकले देशमा विभिन्न साना ठुला सहयोगहरु गर्दै आइरहेकोमा आज बृक्षारोपन अभियानमा सानिमा बैंकले सहयोग गर्न पाउदा गर्व गर्दछौं।” बैक वरिष्ठ व्यवस्थापक टंकमनि बरालले भन्नुभयो । वास्तवमा सानिमा बैंक नेपालको एकमात्र कान्छो कमर्सियल बैंक हो। बैंकले छोटाे समयमा लामै फड्को मारेको यो कमर्सियल बैंकले आज यहाँहरु माझ हामीले टाेखा नगरपालिकाको ग्रान्डी अस्पताल अगाडि शाखा विस्तार गरेका छौं ।यहाँहरुलाई यो ठाँउलाई महत्त्व दिएर र तपाईहरुले हामीलाई माया गरेर सानिमा बैंकको बैंकिङ्ग ट्रान्जेक्सन औंल्याइ दिनु हुनेछ भन्ने आशा गरेका छौं । यो शहर टाेखा नगरपालिका हराभरा भएको देख्न पाउ र हामीलाई यहाँबाट धेरै ग्राहक सम्पर्क संजालहरु बढाेस् भन्ने अपेक्षाका साथ हामीलाई यस्मा सहयोग गर्न दिनु भएकोमा भोलिका दिनहरूमा पनि फेरि जाेडिने अपेक्षा गर्दछौं ।”- बैकका वरिष्ठ व्यवस्थापक टंकमनि बरालले भन्नुभयो ।

कार्यक्रमका अतिथि टाेखा नगरपालिका ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले एउटा रुख बिरुवा रोप्दाखेरि ती बिरुवा कति सम्म स्याहारसुसार गर्नुपर्छ भने जस्तै हरेक विकास निर्माणमा यत्तिकै महत्त्वपूर्ण छ ।त्यसलाई कुनै पनि विकास निर्माणका कामहरु बनाएर मात्रै विकास हुदैन।दिगो विकासका लागि संरक्षण पनि उत्तिकै आवश्यकता पर्नेमा उहाँले स्मरण गराउनुभयो । उहाँ अगाडि भन्नुहुन्छ।”- हामीले वाेट बिरुवा रोपेर मात्रै हुदैन ।बिरुवा रोपे पछी त्यसलाई स्याहारसुसार ,मलजल , संरक्षण , सुरक्षा गर्नुपर्छ भन्ने भावना अनुरुप हामी अगाडि बढ्यो भने हामीले गरेका कुराहरूले सफलता पाउछ ।त्यसकारण यो बाल दिवसको विशेष अवसरमा आयोजना भएको बृक्षारोपनलाई जोगाइ राख्न वडाध्यक्ष सिंहराज श्रेष्ठले उपभोक्ता समितिलाई आग्रह समेत गर्नुभयो।
कार्यक्रमको समापण गर्दै बिष्णुमति करिडाेर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठले खोलाको सभ्यता मानव जिवनसंग सम्बन्धित भएर अगाडि बढिरहेको बताउनुभयो। उहाँ अगाडि भन्नुहुन्छ ।-” बिष्णुमति करिडाेर , बिष्णुमति खोलाले बेरिएको एक सुन्दर वस्ती भएकोले यो वस्तीलाई अझ सुन्दर बनाइ जनताको आर्थिक पाटाेसंग जोड्न सकेको खण्डमा जनताको जिवनस्तरलाई उँचो पार्दै नेपाल सरकारको उद्देश्य र समृद्ध देश र समृद्ध, देशका समृद्ध सुखी र स्वाभिमानी जनता भन्ने कथनलाई साकार पार्न सकिने उहाँले धारणा राख्नुभयो।

बिष्णुमति करिडाेरलाई कुन रूपमा अगाडि ल्याउदा यसबाट हामीले वातावरणीय एवं आर्थिक रूपमा लाभ लिन सकिन्छ जस्तै वालमैत्री परियोजना, बाल उद्यान निर्माण ,बिष्णुमति करिडाेरमा एकै नासका कलात्मक घर निर्माण गर्ने,कलात्मक घरको पछाडी तरकारी खेती गरि टाेखा नगरपालिकाका जनतालाई ताजा तरकारी व्यवस्था मिलाउने , बिष्णुमति खोलालाई ठाँउ ठाँउमा बाँध निर्माण गरि चिल्ड्रेन पार्कको विकास गर्ने , होमस्टे बनाइ हाेटेल संचालन गरि देशमा रोजगारी सिर्जना गर्ने , आन्तरिक पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो। आज हामीले जुन बृक्षारोपनको अवधारणा ल्याएका छौं यो त्यसैको पहिलो खुड्किलोको रूपमा पाइला अगाडि सारेका छौं।”

नेपाल स्काउट तुख्य स्काउटका प्रमुख नवीन श्रेष्ठले संचालन गरेको बृक्षारोपनको औपचारिक कार्यक्रममा टाेखा नगरप्रमुख प्रकाश अधिकारी, टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ ,सानिमा बैंकका व्यवस्थापक टंकमनि बराल,सानिमा बैंक टाेखाका ब्रान्च मेनेजर रोशा वाग्ले , टाेखा नगरपलिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल , टाेखा प्रहरी प्रभाग प्रमुख,बिष्णुमति करिडाेर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठ ,बिष्णुमति करिडाेर उपभोक्ता समितिका सल्लाहकारहरु मनिराज डंगोल , शैलेन्द्र डंगोल ,नन्दलाल श्रेष्ठ , गजराज श्रेष्ठ ,कुल्मान खनाल , नारायण पौडेल समितिका पदाधिकारीहरु, इन्द्रायणी भुटखेल सामुदायिक वनका अध्यक्ष सुर्यमान डंगोल ,सानिमा बैंक कर्मचारीहरु ,नेपाल प्रहरी लगायत सहभागी संस्थाहरुमा तुख्य स्काउट, भन्चो पालिख्य टोल विकास समिति, शान्ति बगर उपभोक्ता समिति र कोहिती पालिख्य उपभोक्ता समितिका पदाधिकारीहरु समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियोे ।



