Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखा लाइभ डट कम / श्रावण ११
काठमाडौं /मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश ठाउँमा लगातार तीन दिनसम्म वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ । सुदूरपश्चिमका केही ठाउँमा आज र भोली प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको महाशाखाले जनाएको छ ।
धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

