– राजदास श्रेष्ठ / साहित्य
२० वर्ष हुन्दा गएँ रुस पढन
२२ पुग्दा विहे त्याँ गरेँ म
न जात भात न धर्म कर्म
विहा गरेँ त्याँ एक रुसी सँग
गाई खाने जात भन्छन् म्लेक्ष जात
भएन केहि मलाई संकोच
लिएर आएँ नेपाल आफ्नो
बोकेर दुई छोरा सन्तान प्यारो
बसेँ साथ आफ्नो परिवार सँग
भएन केहि घरमा विवाद
देख्ने वित्तिकै बुबालाई मेरो
अँगालो मारिन्
बाबा भनेर
रोए बुबा मेरी आमा सम्झेर
हेरे बुहारी तिर आँसु झारी
बस्यो माया प्रीति घरमा रमाईलो
सबैमा छायो खुसी र हाँसो
एक दिन थियो त्यो दसैँको बेला
पूजा गरेर टीको लगाईयो
सम्झेर मान्दैनन् धर्म हाम्रो भनी
बाबाले टीका लगाएनन् उनीलाई
सबैको निधारमा देखेर टीका
शीर र कानमा पँहेलो जमरा
डाँको छोडेर रोईन् मेरी पत्नि
गएर एक्लै कोठामा आफ्नु
बाबाले सोधे के भो भनेर
भनिन् ऊनले भेद यो किन
भनेर
होईन र के म यस परिवारको
छैन र ईज्जत यो घरमा मेरो
बुझी बाबाले ऊनको भावलाई
लगे पूजा कोठा भित्र हात जोडी
लगाई दिए टीको दक्षिणा दिएर
दुई हात जोडी माफि मागेर
आईन बाहिर मेरी श्रिमती हाँसेर
नाचिन रमाई खुसी भएर

इन्जिनियर /साहित्यकार : राजदास श्रेष्ठ रुसी श्रीमतीसंग

