मदन भण्डारीकाे त्याे साइकल
– सुदर्शन सिग्देल
त्याे साइकल कहाँ हाेला ?
हालत के हाेला ?
पक्कै पनि राष्ट्रपतिलाई हिजाेआज
उस्ताे ख्याल हाेला?
यदि नजिकै त्याे हुन्थ्याे भने
अथवा त्याे साइकल हेरविचार गर्ने
काेही मान्छे रहेछन् भने
महामहिम सवारी हुने क्षण
घाेसे मुन्टाे लगाएरै भए’नि
भन्नेथ्याे हाेला-महामहिम!तपाईँकाे कार्गेडभन्दा
यसकाे धेरै याेगदान छ
अहिले खिया परेर के भाे त ?
कमरेड मदनलाई अन्तिमसम्म यसले सेवा गरेकै थियाे
त्याे दासढुङ्गा खाेतल्न बिर्सेपनि
साइकलले मदनलाई झन् सम्झाइरहनेछ
महामहिमकाे हरेक-हरेक सवारीमा !
जेठ ४,२०७८ टाेखालाइभ डट कममा प्रकाशित ।

