• Sanu Raj Dangol

    • २३ जेष्ठ २०७७, शुक्रबार ०९:१४

    नेपालमा थप कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो।


    टाेखा लाइभ,जेठ २३ काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
    युवकको मृत्युपछि उनीसँगै घर फर्केका पाँच जनाको पनि स्वाब परीक्षणको तयारी गरिएको छ । क्वारेन्टिनमा चौध दिन बसेर घर फर्किए लगत्तै उनको मृत्यु भएको थियो । उनी भारतको मुम्बईबाट जेठ सात गते सुर्खेत आएका थिए ।यो संगै अब नेपालमा कोरोना संक्रमणबाट थप मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै