• Sanu Raj Dangol

    • २७ चैत्र २०७७, शुक्रबार १२:०९

    टाेखाको संस्कार संस्कृति र सरसफाइ संगसंगै अभियानमा सिभिल बैंक :-

     

    टाेखालाइभ डट कम/ चैत्र २७ ,२०७७
    टाेखाको संस्कार संस्कृति र सरसफाइ संगसंगै अभियानमा सिभिल बैंक  जाेडिएको छ ।

     

    समृद्धिका लागी सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढीरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्न एक वर्ष अघि नै संस्कृति संरक्षित क्षेत्र टाेखा आइपुगेको सिभिल बैंकले संस्कार संस्कृति र सरसफाइ सँग सँगै भन्ने भावनाका साथ नेवा: गुथि टोखा र टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको सहकार्यमा हातेमालो गर्दै सिभिल बैंक टोखा शाखाले सामाजिक कार्यमा आफ्नो उपस्थिति मजबुत बनाएको छ।

    सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति भित्र रहेका फोहर ब्यवस्थापन कार्य अन्तर्गत फोहोर उत्पादन हुने स्थल किराना पसललाइ प्रारम्भिक प्राथमिकतामा राखी बैंकले टाेखा नगरपालिका २ र ३ संस्कृति संरक्षित क्षेत्रमा रहेका ३० वटा किराना पसललाई डष्टबीन हस्तान्तरण गरेको छ।

    फोहर ब्यवस्थापन कार्य अन्तर्गत फोहोर उत्पादन हुने स्थल किराना पसललाइ प्रारम्भिक प्राथमिकतामा जोड दिइ किराना पसलमा यो डष्टबीन राखि फोहोर संकलन र ब्यवस्थापन कार्यमा सघाउ पुर्याउने लक्ष्य अनुरुपको अभियानलाई अगाडि बढाउन टोखा नगरपालिकाका उप-प्रमुख ज्ञानमाया डंगोल,टाेखा वडा २ का अध्यक्ष दिपकराज जोशी र सिभिल बैंक टोखा शाखाका प्रमुख जगदीश भट्ट , टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,नेवा: गुथि टोखाका अध्यक्ष रमेश नापित ,पुर्व अध्यक्ष देवराज डंगोल, सल्लाहकार अष्ट नारायण डंगोल लगायत गुथिका पदाधिकारीहरुको समुपस्थितिमा डष्टबीन बितरण कार्य सुभारम्भ गरिएको हो।

    सिभिल बैंकले हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु.५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको छ । नेपालभर कुल शाखा संख्या १०३ पुगेकोे बैंकले जनाएको छ।

     

    सिभिल बैंक वित्तीय संस्थाहरुबीचमा निक्षेप तानातान भइरहेका बेलामा बचत खातामा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सिभिल बैंक परेको छ । गत दुई महिनाको निक्षेप संकलनको तथ्यांकका आधारमा सिभिल बैंकले १०.४३ प्रतिशत बचत खातामा निक्षेप वृद्धि गर्दै २७ वटा बाणिज्य बैंकमध्येमा पहिलो नम्बरमा देखिएको हो । त्यस्तै ७.०१ प्रतिशत बचत खाताको रकम वृद्धि गर्दै प्राइम कमर्शियल बैंक दोस्रोमा रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा कुमारी बैंक, चौथोमा सनराइनज, पाचौंमा एनएमबि, छैटौंमा ग्लोबल, सातौं मा सिटिजन, आठाैंमा सिद्धार्थ,नवौमा कृषि विकास बैंक , दसौंमा सेञ्चुरी बैंक रहेका छन् ।

    त्यसैगरि नबिल, स्ट्याण्डर्ड चार्टर्ड , मेगा, प्रभु बैंक, एनसीसी, लक्ष्मी, नेपाल वंगलादेश बैंक, एनआइसि, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एसबीआइ, राष्टिय बाणिज्य बैंक, एभरेष्ट बैंक र अन्त्यमा नेपाल बैंक रहेको  छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै