सुनसान रातमा खुला आकाशलाई नियाली
जुन ताराले घेरिएको प्रकाशलाई महसुस गरि
पानीका थोपा झै विशाल समुन्द्रको रचना गरि
तिमिले लगाएका बगैंचाको फूल ऑशुले भिजेको छ।
न कोहि आफ्नो छन न कोहि आफन्त छन
एक छाक खाई,धर्तीलाई ओछ्यान बनाई दिएको छु।
अमुल्य जिवनको अर्थ बुझ्दै ,यात्रा पार गर्दैछु
मृत्युलाई हैन,अमूल्य जिवन रोज्दै आएको छु ।
पीडालाई दबाबएर बाच्न सक्न्ने भएको छु
काडामा नाङ्गा खुट्टाले हिड्न सक्न्ने भएको छु।
बन्ने छु तिमीलाई छक्क पार्दै
सारा संसारलाई काखको सिरानी बनाएको छु।।
भन्ने छु ! आमा बुबा तिमिले दिएको जीवन
मैले हारेर हैन विजय प्राप्त गरेर आएको छु ।
अमुल्य जिवनलाई नस्ट पार्न होइन
जिउन र सफलताको यात्रामा हिड्न सिकाएको छु ।
देवजङ्ग शाही
पशुपति मित्र मा. वि
कक्षा ९
काठमाडौं 7 चावहिल।

