• TOKHA LIVE

    • १० चैत्र २०७७, मंगलवार ०६:१०

    भविष्यको खोजीमा (विश्व कविता दिवसको सन्दर्भमा )

    विश्व कविता दिवसको सन्दर्भमा

    • डा. किस्मत भण्डारी

    गाउँका पाखा-पखेरामा ऊ भविष्य खोज्छ
    वन जङ्गल, पहराहरुमा स्वदेश नियाल्छ ।
    दलदले पहिरो बनेर खसि रहेको भेट्छ
    धमिलो हिलो बाढीसगै बगिरहेको देख्छ ।
    अनि फेरि स्वदेश खोज्दै ऊ शहर पस्छ
    जुत्ता फटाउँदैं कामको खोजीमा हिंडछ ।
    मरिहत्ते गर्दा पनि ऊ कतै भेटदैन गास
    जताततै भोक प्यास व्यापक त्रासै त्रास ।
    कम्मर पेटी कसेर निस्कन्छ जागिर खोज्न
    भेटछ चारैतिर मात्र नारा जुलुस र भाषण ।
    फोहोरका डङ्गुरमा ठोकिन्छ भेटदैन काम
    भेटछ केवल झुट्टा आश्वासन नेताका नाम।
    भेटिएन गाँस र बाँस अनि मेटिएन प्यास
    मरेछ झिनो आशा र हुन पुग्छ निराश ।
    अन्योलग्रस्त मन उसको सोच पलायनको
    टिकट लिन ऊ बस्छ लाममा पासपोर्टको ।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै