• TOKHA LIVE

    • २७ पुष २०७७, सोमबार ०८:१२

    नेकपा काठमाडौंको जनप्रतिनिधि भेला सम्पन्न:-

    टाेखा लाइभ / पुस २७,२०७७

    नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीको आयोजनामा जनप्रतिनिधि भेला सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको उक्त भेलाको प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए ।

    काठमाडौं तिनकुनेमा रहेको उक्त भेलामा नेकपाका तर्फ बाट निर्वाचित प्रदेस सभा सदस्य ,नगर प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो।

    काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचित बनेका जनप्रतिनिधिहरुलाई पार्टी भित्र पछिल्लो समय देखिएको विवाद र उनीहरुले खेल्नु पर्ने भूमिकाका वारेमा वक्ताहरुले प्रशिक्षण दिएको भेलाका एक सहभागीले जानकारी दिएका छन।

    उक्त भेलामा प्रमुख अतिथि पोखरेल र राई सहित विघठित प्रतिनिधि सभाका सदस्यहरु कृष्णगोपाल श्रेष्ठ , रामवीर मानन्धर ,सरिता न्यौपाने  बागमती प्रदेस सभा सदस्यहरु केशव स्थापित , मणिराम फुयाल ,राजेश शाक्य ,दिपक निरौला,अजय क्रान्ति शाक्य ,गणेश दुलाल ,बेलिमाया घले,जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राज बैध  काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य सहित नगर प्रमुख ,उपप्रमुख र जनप्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै