• TOKHA LIVE

    • २७ पुष २०७७, सोमबार ०६:१६

    भारतीय खेलाडीलाई उछिन्दै पुष्पाले जितिन् ढाका म्याराथनमा स्वर्ण

    २०७७ पुष २७ गते

    काठमाडौं। नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले टोखा लाइभलाई जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।

    बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसँगै पुष्पाले ५ लाख टाका नगद पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा ढाकामा रहेका धनीराम चौधरीले जनाएका छन्। पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन्। उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए। भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी गराए। भारतीय खेलाडीले दोश्रो र तेश्रो स्थान हासिल गरे।

    म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए। किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए। निर्धारित दूरी तय गर्न किरणले २ घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे। प्रशिक्षक चौधरीका अनुसार किरण बाहेक म्याराथनमा भारतबाट ५, माल्दिभ्सबाट १ र बंगालदेशबाट ७०÷८० जनाले भाग लिएका थिए। शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै