• TOKHA LIVE

    • २५ पुष २०७७, शनिबार १९:१४

    बुढानीलकण्ठ ६ मा ‘लुडेखोला पक्कि पुल’ निर्माणको लागि शिलान्यास:-

    टाेखा लाइभ / पुस २५, २०७७

    बुढानीलकण्ठ नगरपालिका वडा नं ६ स्थित ‘लुडेखोलामा पक्कि पुल’ निर्माणको लागि आज शिलान्यास गरिएको छ।लुडेखोला पक्कि पुल’ निर्माणको लागि शिलान्यास
    गर्दै बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले लुडेखोला पक्कि पुलको काम एक वर्ष भित्र पुरा हुनेमा विस्वास व्यक्त गर्दै निर्माण सम्पन्न भएपछि वर्षा याममा पुल नभएका कारण कष्टकर जीवन बिताईरहेका बूढानीलकण्ठ-४ र ६ का जनतालाई सहजहुने बताएका थिए ।

     

    यस क्षेत्रमा कृषि बजारको अभाव भएका लुडेखोला पुल नजिकैको खाली जग्गामा व्यवस्थित कृषि बजार बनाउने योजना रहेको जानकारी गराउदै निरौलाले एक वर्ष भित्र शुरु गर्ने भनेको पुलको काम कोभिड-१९ का कारणले थोरै ढिलो भएको बताए ।

    त्यस्तै प्रदेश सभा सदस्य भिमसेन खत्रीले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभुत काममा समेत यातायतको ठुलो महत्व रहेको भन्दै निर्माणका काममा सहजता पुर्याउन स्थानीयलाई अनुरोध गरेका थिए । सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी समयमै काम सक्न सहजता बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

    बूनपा-६ का वडाध्यक्ष नविन केसीले स्थानीय रुपमा हुने समस्या समाधानका लागि दिनरात खट्न तयार रहेको बताउदै समयमा काम सम्पन्न गर्न हामीले कहा कसरी सहयोग गर्नु पर्छ त्यस किसिमको सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।

    सिल्यान्यास कार्यक्रममा बुढानीलकण्ठ नगर प्रमुख उद्दव खरेल , नेकपा नगर सचिव प्रदिप डंगोल, अन्य वडाका अध्यक्षहरु २-राजेन्द्र खड्का, ४-राजु खड्का, ७-बसनारायण महर्जन लगायत अन्य वडा सदस्यहरू तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै