• TOKHA LIVE

    • २४ पुष २०७७, शुक्रबार १८:५९

    तातोपानी नाका फेरि बन्द हुँदै:-

    टाेखा लाइभ पुस २४ काठमाडौं :

    बन्द हुँदै खुल्दै गरेको नेपाल-चीन बीचको तातोपानी नाका केही समयको लागि फेरि बन्द हुने भएको छ । भोटेकोशी बाढीले क्षती पुर्‍याएको मितेरी पुल मर्मत गर्नको लागि नाका पुनः बन्द गर्न लागिएको हो ।लामोे समयदेखि चीनिँया क्षेत्रमा थन्कीएर बसेका नेपाली व्यापारीको सामान नेपाल पठाइसकेर पुल मर्मत गर्ने योजना अनुसार चीनिँया सरकारले आगामी जनावरी २० बाट पुल मर्मत गर्ने भएको हो । पुल निर्माण गरेको चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले नै पुलको मर्मत समेत गर्ने भएको हो ।

    गत वर्खाको भोटेकोसी बाढीले पुलको जगमा क्षती पुगेकोले आगामी जनावरी २० बाट करिब २० दिनको लागि चीनिया पक्षले नाका बन्द गर्न लागेको हो । भूकम्पपछि अस्थिर रहेको यो नाका हाल सञ्चालना आइरहेको भएपनि पुल मर्मत नगरे जुनसुकै बेला दुर्घटना हुनसक्ने भयका कारण चीनिँया पक्षले नाका बन्द गरेर पुल मर्मत गर्न लागेको बुझिएको छ ।

     

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै