टाेखा लाइभ / पुस २४ काठमाडौं,
– सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य सामाजिक काममा सक्रिय रहदै आउनुभएको छ । उहाँले बुधबार समता स्कूलबाट संसारकै महंगो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लाग्नुभएकी अस्मिता अधिकारीलाई भेटर आर्थिक सहयोग गर्नुभएको छ ।
अस्मिताको निवासमा गएर उहाँलाई भेटेर शाक्यले ल्यापटप किन्न ६० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । ‘तिमीले मिहेनत गरेर पढ्नुपर्छ,’ आर्थिक सहयोग हस्तान्तरण गदै शाक्यले भन्नुभयो, ‘तिमीसँग सिंगो हामी सबैको देश नेपालको नाम जोडिएको छ।’ भनी सम्झाउँदै उनको हातमा ल्यापटप किन्न शाक्यले दिएको ६० हजार उहाँको पेन्सनको पैसा भएको बताइएको छ। उहाँले अस्मितालाई केही न्यानो कपडा, आईग्लोन् कलेजका सर एमसी डोनाल्डलाई नेपाली पस्मिना उपहारसमेत प्रदान गर्नुभएको थियो ।

