सो अवसरमा उहाँले भन्नुभयो– शंखरापुर सन्देशले नगरपालिकाका गतिविधिहरु पारदर्शीरुपमा र जुनसुकै योजना के कस्तो अवस्थामा छ भन्ने जानकारी आम जनसमुदायलाई दिने उद्देश्यले प्रकाशन गरेको बताउनुभएको थियो ।
यो बुलेटिन प्रकाशन भएपनि आम जनसमुदाय र पत्रकारहरुलाई समेत नगरपालिकाका विभ्रिन्न विषयमा जानकारी लिन सहज हुने अपेक्षा उहाँको रहेको छ ।

सोही कार्यक्रममा बोल्दै नगरपालिकाका प्रम्ुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले भन्नुभयो– नगरका गतिविधिहरु चौमासिक रुपमा प्रकाशन गरेर जानकारी दिने उद्देश्यले यो प्रकाशनको सुरुवात भएको हो र नगरपालिकाले लुकाउनु पर्ने केही नभएको हुँदा पारदर्शिताको लागि यो बुलेटिन प्रकाशन गरिएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रवक्त हितमान तामाङले भन्नुभयो– सुशासन र पारदर्शिताको ऐना शंखरापुर सन्देश रहेको छ ।




