• TOKHA LIVE

    • २२ पुष २०७७, बुधबार १०:४८

    जिफन्टमा लैंगिक न्यायको दृष्टिमा प्रकृति र संस्कृति बीच सम्बन्धको विशेष अन्तरक्रिया:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष २२ ,२०७७

    नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कार्यलय काठमाडौंकाे अनामनगरमा यहि पौष २० गते लौगिक न्यायको दृष्टिमा प्रकृति र संस्कृति बीचको अन्तर सम्बन्धको विशेष अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

    हिन्दु, बौद्ध, इसाइ, इस्लाम सवै धर्ममा आफ्नो परम्परा रहेको र आफ्नो छुट- छुट्टै मौलिकता रहेको परम्परा देखि चल्दै आएको संस्कृतिलाई निरन्तर चलाई राख्ने र बचाई राख्ने संकारलाई नै संस्कृति भन्ने विषयमा घनश्याम कोइरालाले सवैमा जानकरी दिनुभएको थियो ।

    मौलिक र परम्परालाई बचाउँदै आफ्नो कला संस्कृतिलाई बचाउँदै आजको युग सम्म चलाई राख्ने बचाई राख्ने संस्कार लाई नै हामी संस्कृति भन्छौं । पूर्वीय संस्कृतिमा महिलाको स्थान समेत भएको यो विषयमा घनश्याम कोइरालाले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

     

    बौद्ध धर्ममा आफ्नो छुट्टै नियम र छुट्टै कला रहेको साथमा बौद्ध दर्शनमा महिलाको स्थानका विषयको साथ साथै
    महाकालीवाट गौरीमा सम्मको रुपान्तरणले प्रकृतिको सस्कृतिकरणलाई केही बुझाउन र मातृसता माथि पितुसताको नियन्त्रणका बिषयमा भन्ते कस्यप (सुनिल बाबु पन्त)ले आफ्नो धारणा राख्नुभयो

    नेपालको कानुनको विकास प्रक्रियामा लैगिक विषयमा प्रा. डा शशी अधिकारीले परापूर्वकाल देखिको हाम्राे हिन्दु धर्ममा चलाएको नेपालको कानुन विषयमा केहि महत्त्वपूर्ण टिपोटहरु राख्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय श्रम प्रतिष्ठानको भवन रुद्रमती अनामनगर काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्यहरु निवर्तमान प्रतिनिधि सभाका सदस्यहरु , राजनीतिक व्यक्तिहरू, लेखकहरु, नेपाल वेदविधाश्रमका शिक्षक, कर्मचारी अधिकारको पक्षमा पैरवी गर्नेहरू लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमका आयोजनाको टिममा संविधान सभा सदस्य विन्दा पाण्डे ,संविधान सभा सदस्य डिना उपाध्याय , संविधान सभा सदस्य रेणु चन्द्र छिन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै