• TOKHA LIVE

    • २१ पुष २०७७, मंगलवार ०९:४६

    नेपाल स्काउट बामगती प्रदेशका नवनियुक्त तदर्थ समितिको पहिलो बैठक सम्पन्न:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पुस २१,२०७७

    नेपाल स्काउट बामगती प्रदेशका नवनियुक्त तदर्थ समितिको पहिलो बैठक संयोजक केश रत्न बज्राचार्यको अध्यक्षतामा राष्ट्रिय तदर्थ समितिका सदस्य शिव बहादुर भण्डारी, विजेन्द्र ध्वजू विशेष अतिथिमा बैठक सम्पन्न भएको छ।नवनियुक्त स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एव सपथ ग्रहण कार्यक्रम समापन सँगै तदर्थ समितिको बैठक बसेको थियाे।

    बैठकमा संयोजक केशरत्न बज्राचार्यले सबै जना एक साथ मिलेर अगि बढ्ने र स्थानीय तहलाई कसरी अगाडि बढाउदा राम्रो हुने धारणा राखेका थिए।
    बागमती प्रदेशका नवनियुक्त तदर्थ समितिको पहिलाे वैठकमा लामाे समय देखि स्काउटमा आवद्ध दक्ष र बिज्ञ अग्रज स्काउटरहरू , सल्लाहकार गञ्ज वहादुर श्रेष्ठ समेतको उपस्थितिमा छलफल गर्न पाएकोमा संयोजक बज्राचार्यले खुशी लागेको बताएका थिए।

     

     

    सो वैठकमा नवनियुक्त सदस्यहरु शिबराम अर्याल, सुदर्शन बज्रागाई , अच्युत प्रजापति ,मिना श्रेष्ठ, सरन महर्जन, विजेश्वरी अमात्य, संगीत मिश्र, प्रकाश राज पाण्डे, श्याम पुडासैनी , अशोक सरु मगर, सरद सापकोटा, रबिन श्रेष्ठ, राम चन्द्र कार्की, अजित लामा, महेन्द्र राणा लगायतको उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै