• TOKHA LIVE

    • १९ पुष २०७७, आईतवार २०:३६

    बागमती प्रदेश स्काउटको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न।

     

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १९ ,२०७७

    नेपाल स्काउटको संयोजक लोक बहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोर मणि पाैडेलको प्रमुख अतिथ्यतामा बागमती प्रदेशको नवनियुक्त स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एव सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

    बागमती प्रदेशका मुख्यमन्त्री पाैडेलले बिग्रँदो समाजलाई मर्यादित बनाउन नेपाल
    स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ। उहाँले हामी सबै ले समाजमा रहेका विकृति हटाउन जरुरी रहेको र यस्ता कार्यहरूका लागि स्काउट सधै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

     

     

    मुख्यमन्त्री पौडेलले नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रूपमा दीक्षित गरेकाे छ। नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुलाई दीक्षान्त एव पद तथा गोपनीयताको सपथ ग्रहण नेपाल स्काउट बागमती प्रदेशका संरक्षक तथा मुख्यमन्त्री पौडेलले गराउनु भएको थियो।

    बागमती प्रदेश सभा सदस्य नेपाल स्काउट
    स्काउटर दिपक निरौलाले स्काउटले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान मा आफ्नो क्रियाकलाप गर्दै सघाउने भन्दै नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना व्यक्त गर्नुभयो।
    बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलियाले स्काउट सञ्चालनका निमित व्यवस्थापकीय तथा आथिर्क पक्षको उतिकै महत्त्व रहने भन्दै नवनियुक्त समितिले बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय स्थानीय तहहरू समावन्य गर्दै अघि बढेमा त्यति समस्या नरहने वताउनु भयो।

    नेपाल स्काउटका प्रदेश सल्लाहकार गञ्ज बहादुर श्रेष्ठले नेपालमा स्काउटको महत्व कम बुझेको महसुस भएको भन्दै उहाँले अब स्काउट लाई ७ प्रदेशमा विस्तार गर्दै विद्यालय तह सम्म विस्तार गरेर असल नागरिक बनाउन र गुणस्तरीय शिक्षामा केन्द्रिय भई आ- आफ्ना कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो।

    बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विकेले नवनियुक्त स्काउट तदर्थ समिति लाई शुभकामना दिँदै समाज र राष्ट्र निर्माणमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। बागमती प्रदेशका नवनियुक्त स्काउट संयोजक केश रत्न बज्राचार्यले स्काउट लाई विद्यालय तह सम्म पुयाउने र विभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    यस कार्यक्रमका नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले स्काउटका सिर्जनाहरू विद्यालय तह सम्म लैजाने नवनियुक्त स्काउट तदर्थ समितिलाई आग्रह गर्नुभयो।
    भण्डारीले सामाजिक विकृति हटाउन र राज्य लाई संकट परेको समयमा सघाउँदै नेपाल स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको र अबका दिनहरुमा पनि स्काउटका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए। कार्यक्रममा विभिन्न जिल्ला तथा केन्दिय तहका स्काउट स्काउटर , रोभर रेन्जर स्काउटका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै