• TOKHA LIVE

    • १९ पुष २०७७, आईतवार ०७:२८

    स्काउटका नवनियुक्त तदर्थ समितिका संयोजक तथा सदस्यहरुको हेटौंडामा दीक्षान्त एव सपथ ग्रहण समारोह:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १९ ,२०७७

    बागमती प्रदेशका माननीय मुख्यमन्त्री एव प्रदेश स्काउट संरक्षक डोरमणि पौडेलकाे समुपस्थितिमा नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको प्रदेश राजधानी हेटौंडामा दीक्षान्त एव पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यताका साथ सम्पन्न भएको छ।

     

    प्रदेश राजधानी हेटौंडामा आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक माननीय मुख्यमन्त्री लाई प्रदेश स्काउटको संरक्षकको दीक्षा प्रदान गर्नु भएको थियो। नवनियुक्त प्रदेश स्काउट सल्लाकार गुन्ज बहादुर श्रेष्ठका साथ प्रदेश समिती संयोजक तथा सदस्यहरुलाई माननीय मुख्यमन्त्री पौडेलले स्काउट दीक्षा सँगै पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो।

     

    माननीय मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशका सबै पालिकामा स्काउट विस्तार गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु दिनुभयो।
    आत्म अनुशासनको पाठ सिकाउने स्काउट अभियानमा लाग्ने जोसुकैले हदै सम्मको अनुशासन र मर्यादा प्रदर्शन गर्नु पर्ने कुरामा माननीय मुख्यमन्त्रीले जोड दिनुपर्ने बताउनभयो।

     

    कार्यक्रममा बागमती प्रदेशका सभा सदस्य केशब पाण्डे, बागमती प्रदेशका सभा सदस्य स्काउट मास्टर दिपक निरौला र युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलियाले शुभकामना व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमा प्रदेशका प्रमुख सचिब डा. मान बहादुर वि.क , प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायतको उपस्थिति रहेको थियो।

    नेपाल स्काउटले स्काउटर केश रत्न बज्राचार्यको संयोजकमा गत कार्तिक ६ गते १९ सदस्यीय बागमती प्रदेश स्काउट तदर्थ समिति गठन गरेको जानकरी दिनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै