• TOKHA LIVE

    • १७ पुष २०७७, शुक्रबार ०७:०९

    मदन भण्डारी फाउण्डेशनको काठमाडौंका ३ नगरपालिकामा ६ दिने पत्रकारिता तालिम सम्पन्न:-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १७,२०७७

    काठमाडौं जिल्लाका ३ नगरपालिकामा मदन भण्डारी फाउण्डेशनको आयोजनामा आधारभूत पत्रकारिता तालिम हिजो सम्पन्न भएको छ।

    काठमाडौं जिल्लाका दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका प्रत्येक वडावाट युवाहरुको सहभागिता रहेको उक्त तालिममा ६ दिन सैद्धान्तिक र ३ महिना प्रयोगात्मक कक्षाहरू संचालन हुने आयोजकले जानकारी दिएको छ।

    काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका १३८ वडामा पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान भएका जनशक्ति उत्पादन गर्दै ति तहका रचनात्मक र जनमुखी काम हरुलाई प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा आधारभूत पत्रकारिता र यसका विविध आयामहरुका बारेमा प्रशिक्षण प्रदान गरिने मदन भण्डारी फाउण्डेशन काठमाण्डाै अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन्।

     

    ६ दिने पत्रकारिता तालिम शिखर पार्टी प्यालेस, कलंकीमा सुशासन र समृद्धिका लागि संचार मदन भण्डारी फाउण्डेशनले रक्त सञ्चार कोष सञ्चालनसँगै ४० जना प्रशिक्षार्थीहरुलाई विदाई गरिएको थियो।

    यस अघि काठमाण्डाै जिल्लाका टोखा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर, गोकरणेश्वर, नागार्जुन नगरपालिका र काठमाण्डाै महानगरपालीकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै