• TOKHA LIVE

    • १६ पुष २०७७, बिहीबार ०६:०४

    बेलायतद्वारा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपलाई पनि अनुमति प्रदान

    पुस १६ २०७७
    काठमाडौं : अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड–१९ (कोरोना भाइरस) खोपलाई बेलायतमा अनुमति दिइएको छ । बेलायतको खोप निमायक संस्था दि मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस अथोरिटी (एमएचआरए) ले बुधबार सो खोप प्रयोगको बाटो खुल्ला गरेको दि गार्डियनले जनाएकोे छ ।

    पहिलो ब्याचमा उत्पादित खोप बेलायतमा उपलब्ध गराइसकिएको र यसको थप उत्पादन बेलायती उद्योगहरुमै गरिने पनि बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड/अस्ट्राजेनेकाद्धारा निर्मित उक्त खोपको एक सय करोड डोज अर्डर गरिसकिएको र त्यसमध्ये ४० लाख डोज केही दिनमै प्रयोग गर्नका लागि तयार हुने दि गार्डियनले लेखेको छ ।

    फाइजर/बायोएनटेकले विकास गरेको खोप यसअघि नै बेलायतमा प्रयोगमा आइसकेको छ । अमेरिकी/जर्मन कम्पनीले बनाएको खोप भन्दा ढिलो गरी आइपुगेको अक्सफोर्ड/अस्ट्राजेनेकाको खोपलाई बेलायती निमायक संस्थाले अनुमति दिन धेरै समय लगाएन ।

    ४३ हजार मानिसमा ट्रायल गरिदाँ फाइजर/बायोएनटेकले बनाएको खोप ९५ प्रतिशत सम्म प्रभावकारी रहेको भए पनि अक्सफोर्ड/अस्ट्राजेनेकाको प्रभावकारिता भने ६२ प्रतिशतमा सीमित रहेको उल्लेख छ । करिब ११ हजार ६ सय ३६ मानिसमा गरिएको ट्रायल गरिदाँ अक्सफोर्ड/अस्ट्राजेनेकाको खोपले ६२ प्रतिशत प्रभावकारी भए पनि बेलायत भित्रै दुई हजार सात सय ४१ मानिसमा ट्रायल गर्दा यो ९० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै