• TOKHA LIVE

    • १३ पुष २०७७, सोमबार १५:४१

    निवर्तमान प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई विदाई :-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    पौष १३,२०७७

    नेपाल स्काउटका निवर्तमान प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार ( विश्वकर्मा) लाई हिजो एक क्रयक्रमका बीच नेपाल स्काउटका राष्टिय संयोजक लोक बहादुर भण्डारी र निर्देशक राम प्रसाद भट्टाई लगायतले विदाई गरेका छन्।

    करिब ३ बर्ष कार्यकालमा माननीय मन्त्रीको अभिभावकत्वमा नेपाल स्काउटले विभिन्न ऐतिहासिक कार्यहरु सफलताका साथ सु – सम्पन्न गर्नुभएको थियोे । नेपाल स्काउटको तेर्सो राष्टिय ज्यमाबोरी, पहिलो राष्टिय रोभर मुट नेपाल स्काउटको वर्तमान राष्टिय तदर्थ समितिको गठन, बालबालिकासँग प्रधानमन्त्री, व्यापक स्काउट स्वयंसेक परिचालन लगायतका कार्यक्रम माननीय मन्त्रीले उहाँकै प्रमुख स्काउटको हैसियतले संस्थाप्रतिको निरन्तर सल्लाह, सुझाब, सहयोग र मार्ग निर्देशनका निम्ति हार्दिक आभार सहित उहाँको आगामी जीवनको सफलताको हार्दिक शुभकामना व्यक्त गरेका थिए।

     

     

    नव नियुक्त युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री एव प्रमुख स्काउट दावा तामागंलाई हिजो एक समारोह बिच मन्त्रालयमा स्वागत गरिएको थियो। नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले फुलगुच्छ अर्पण गरी माननीयलाई स्वागत गरिएको थियो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै