• TOKHA LIVE

    • ९ पुष २०७७, बिहीबार १७:४५

    ७० प्रतिशत बढी खतरा भनिएको बेलायती कोरोनाभन्दा दक्षिण अफ्रिकी कोरोना झन् खतरा

    २०७७ पुष ९ गते

    काठमाडौं। बेलायतले बुधबार दक्षिण अफ्रिकाबाट आफ्नो देशमा आउने उडानमा कडाइ लागू गरेको छ । बेलायतमा फैलिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन यसअघिको स्ट्रेनभन्दा ७० प्रतिशत बढी संक्रमक भएको भन्दै कैयौं देशले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएका बेला बेलायतले एक्कासी दक्षिण अफ्रिकाबाट आउने उडानमा कडाइ गरेको हो । बेलायती स्वासथ्य मन्त्री म्याट हेन्ककका अनुसार दक्षिण अफ्रिकामा फैलिएको नयाँ स्ट्रेनको भाइरसबाट संक्रमित २ केस बेलायतमा भेटिएपछि यो प्रतिबन्ध तत्काल लागू हुने गरी लगाइएको हो ।

    ‘यो नयाँ प्रजाति निकै चिन्ता बढाउने खालको छ किनकि यो झनै छिटो फैलिने खालको छ र यो बेलायतमा हालै भेटिएको नयाँ स्ट्रेनभन्दा अझै म्युटेट भएको जस्तो देखिन्छ’ हेन्ककले समाचार एजेन्सी एएफपीसँग भने ।

    हेन्ककका अनुसार दक्षिण अफ्रिकामा उत्पत्ति भएको स्ट्रेनको भाइरसबाट संक्रमित सबैलाई क्वारेन्टाइनमा राखिएको छ । हेन्ककले पछिल्लो २ हप्तामा दक्षिण अफ्रिकामा रहेकाहरु र उनीहरुको सम्पर्कमा रहेकालाई क्वारेन्टाइन बस्न भनेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै