• TOKHA LIVE

    • ७ पुष २०७७, मंगलवार १६:४६

    बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

    २०७७ पुष ७, मंगलवार

    वासिंटन डीसी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप सार्वजनिक रुपमा लगाएका छन् । उनले खोप लगाउँदै गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो ।

    यसअघि उनले जनमानसमा खोपप्रति विश्वास बढाउने हेतु आफुले खोल लगाउने बताएका थिए ।

    समाचार अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएको बताइएको छ ।

    अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् । साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै