टाेखा लाइभ / नविना श्रेष्ठ
पौष ६,२०७७
नेपाल स्काउट र नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरेर युनिसेफको सहयोगमा संचालन गरेको कोभिड-१९ विरुद्धकाे जनचेता मूलक अभियानलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आफूले सकेको सहयोग गर्ने बताएका छन्।

बागमती प्रदेश स्काउटको तदर्थ समितिले आयोजना गरेको अभियान शुभारम्भ समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे आफै कोभिड-१९ कोरोना भाइरसकाे जनचेतना जगाउने खालको पर्चा बाँड्न मैदानमा उत्रिनु भएका
नगरप्रमुख चालिसेले कोभिडकाे रोकथामको लागि नगरपालिकाले गरेकाे कामको बारेमा समेत जानकारी गराएका थिए।

पौष १ गते देखि कोभिड-१९ विरूद्धको एस.एम .एस अभियान कार्यक्रम काठमाडौंको जोरपाटी, बौद्ध, टोखा, गोकर्णेश्वर, साँखु, भक्तपुर, ललितपुर काभ्रे, मकवानपुर, विराटनगर, गण्डकी प्रदेश, कर्णाली प्रदेश सम्म एकै साथ संचालन भएको नेपाल स्काउटको तदर्थ समितिका संयोजक केश रत्न ब्रर्जाचार्यले जानकारी दिनुभयो।

एस.एम .एस अभियान कार्यक्रम हिजो पाँचौं दिन सम्म पनि एक साथ संचालन भएको थियाे । पौष १ गते अभियान शुभारम्भ समारोह कार्यक्रममा नेपाल स्काउटका बागमती प्रदेश तदर्थ समितिका सदस्य शिवराम अर्याल र राष्ट्रिय सहायक प्रशिक्षक सुरज खनाल लगायतको उपस्थिति रहेको थियो। भने आशा क्र्यु, योङ्गहार्ट क्र्यू , गोकर्णेश्वर क्यु , टोखा क्रयु, सक्व क्युका रोभर रेन्जर हरूको उपस्थिति रहेको थियो।


