टाेखा लाइभ संवाददाता
पुस ५ साँखु, शङ्खरापुर। नेपालभाषाका महाकवि गिरिजाप्रसाद जाेशीले आफ्नो जीवनकालमा विभिन्न लेखकहरुको कृतिमाथि गर्नुभएको समालोचनाहरुको संग्रह “गिरिजा प्रसादया समालोचना” पुस्तकको साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मीले शनिबार काठमाडाैँकाे शङ्खरापुर नगरपालिकास्थित सक्व सभाहलमा विमोचन गर्नुभयाे।

कार्यक्रममा तीनजना पत्रकारहरू क्रमशः कुमार रञ्जित, सिल्भिया राजाेपाध्याय र पवन श्रेष्ठलाई नगद पाँच हजार सहित सम्मान गरिएकाे थियाे।
प्रकाश मान सक्व, धर्म राज राजकर्णिकार, लक्ष्मीनारायण शाही र रामेश श्रेष्ठले साहित्यिक रचना पाठ र महाकविको गीत गाउनुभएको कार्यक्रममा महाकविबारे नारद बज्राचार्य र कुञ्ज जाेशीले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।कार्यक्रम इञ्जिनीयर राजदास श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएकाे हाे।

