टाेखा लाइभ / नविना श्रेष्ठ
पौष २,२०७७
मदन भण्डारी फाउण्डेशन काठमाण्डौकाे आयोजनामा गोकर्णेश्वर , कागेश्वरी, मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम पौष १ गते बाट सुरू भएको छ।
तालिममा तीन वटै नगरपालीकाका सबैवडा वाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको मदन भण्डारी फाउण्डेशनकी केन्द्रिय सचिव पेम्बा लामाले जानकारी दिएकी छिन्। तालिमको उद्धघाटन मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामाले गरेकी थिइन्।

स्थानीय तहका सकारात्मक र सुजनात्मक कामहरूलाई संचार माध्यम र सामाजिक संजाल मार्फत ब्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको केन्द्रिय सचिव लामाले बताइन्।
सुशासन र समृद्धिका लागि संचार अभियानका रूपमा ६ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक रूपमा संचालन हुने यो तालिमको अन्तिम चरणमा दक्षिणकाली , चन्द्रागिरी र कीर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएका छन्।

हिजो देखि सुरू भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो। प्रशिक्षकहरु मा मदन भण्डारी फाउन्डेशनका आयोजक समिति घनश्याम कोईराला, डा. कुन्दन अर्याल, सोम राई, प्रकाश सिलवाल, राजेन्द्र अर्याल प्रशिक्षकमा उपस्थित थियाे।

