टाेखा लाइभ / मंसिर ३०, २०७७
मदन भण्डारी फाउन्डेसनको आयोजनामा भोलि बाट काठमाडौंका ३ वटा नगरपालिकामा पत्रकारिता तालिम शुरु हुने भएको छ। भोलि पौष १ गते देखि शंखरापुर ,कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका प्रत्येक वडा बाट २० देखि २५ वर्षका सहभागीहरुलाई पत्रकारिता सम्बन्धि तालिम प्रदान गर्न लागिएको हो।
काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका १३८ वडामा पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान भएका जनशक्ति उत्पादन गर्दै ति तहका रचनात्मक र जनमुखी कामहरुलाई प्रचार गर्ने उदेस्यले आयोजना गरिएको सो तालिम सात दिनको हुने आयोजकले जानकारी दिएको छ।
भोलि पौष १ गते बाट शंखरापुर ,कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सुरु हुनेछ भने त्यस्को लगत्तै र पौष २ गते बाट काठमाडौं महानगर र नागार्जुन नगरपालिकामा शुरु हुने सो तालिममा आधारभूत पत्रकारिता र यसका विविध आयामहरुका वारेमा प्रशिक्षण प्रदान गरिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।
यस अघि काठमाडौं जिल्लाका बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकाका सबै वडाका प्रतिनिधिहरुको उपस्थितिमा तालिम सम्पन्न भएर सहभागीहरु प्रशिक्षार्थी पत्रकारका रुपमा विभिन्न संचार माध्यममा कार्यरत रहेका छन।
सो तालिममा सहभागीहरुलाई विभिन्न स्थानीय तथा अन्य संचार मध्यमहरुमा प्रशिक्षार्थी पत्रकारका रुपमा प्रयोगात्मक अभ्यास गराइने बताउदै उनले तालिममा सहभागिताका लागि सम्बन्धित नगरपालिकामा रहेको मदन भण्डारी फाउन्डेसन नगर कमिटिमा सम्पर्क राख्नका लागि अनुरोध गरेका छन।

