• TOKHA LIVE

    • ३० मंसिर २०७७, मंगलवार ०९:३५

    बिग बास खेल्न सन्दीप लामिछाने आज अष्ट्रेलिया जाँदै:-

    टाेखा लाइभ/ मंसिर ३०
    बिग बास खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज अष्ट्रेलिया जाँदैछन् । उनी बिग बास क्रिकेट प्रतियोगिता खेल्न आज विहान एघार बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् ।

    सन्दीपले यो सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् । होबर्टका अन्तिम ८ खेलमा भने उनी सहभागी हुने सम्भावना छ । सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । उनले तेस्रो पटक लिगमा खेल्न लागेका हुन् ।

    सन्दीप पुस एक गते अस्ट्रेलियाको एडिलेट पुगेर १४ दिनको क्वारेन्टाइन बसेपछि लिगमा सहभागि हुनेछन् । बिग बासको नयाँ सिजन बिहीबारबाट शुरु भैसकेको छ । सो क्रममा सन्दीपले शुरुवाती छ वटा खेल गुमाउनेछन् ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै