• TOKHA LIVE

    • ३० मंसिर २०७७, मंगलवार ०७:५०

    सरकार विरूद्ध आन्दोलनमा काङ्ग्रेसको देशव्यापी विरोध प्रदर्शन;-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    मंसिर ३० ,२०७७

    नेपाली काङ्ग्रेसले सरकार विरूद्धकाे देशव्यापी बिरुद्ध आन्दोलन प्रदर्शन आयोजना गरेको छ। नेपाली काङ्ग्रेसले आयोजना गरेको विरोध सभा र जुलुसमा विभिन्न जिल्लामा सरकारको पक्षमा नारावाजी गरेको थियोे । जनताका जनजिविकाका सवालमा सरकार उदासिन भएको , कोरोना भाइरसको नियन्त्रणमा असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, संसदलाई पार्टी विवादको बन्धक बनाएकोजस्ता विषयलाई प्राथमिकताका साथ उठान गर्दै त्यस्को विरुद्ध नेपाली कांग्रेसले दवाव दिन सरकार विरूद्धकाे देशव्यापी आन्दोलन प्रदर्शन गरेको हो।

    हिजो टोखामा आयोजित विरोध रर्याली तथा जुलुसको क्रममा सहभागी सबैले एक स्वरमा नेपाल सरकारको पक्षमा नारा लगाएका हुन्। नारा जुलुससहित विरोध सभामा विभिन्न जिल्लाका नेपाली काङ्ग्रेस कार्यकर्ताहरुले समेत सहभागी जनाएका थिए।

    तनहुँमा नेकापका नेता तथा सांसद कृष्ण कुमार (किशान) श्रेष्ठको पहलमा निर्माण भएको पुल आफूले नै उदघाटन गर्नुपर्ने जिदीसहित पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले सुरक्षा दिने क्रममा केहि घन्टा प्रहरी कार्यालयमा राखेको विरोधमा पनि कांग्रेसले हिजो देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको थियो ।

     

    देशभर आयोजना विरोध कार्यक्रममध्ये टोखा सहित झण्डै आधा दर्जन जिल्लाका कांग्रेस कार्यकर्ताहरुले केपी ओली विरुद्ध नारा लगाएका हुन। यसरी ओली कै पक्षमा नारा लगाउने जिल्लामा जाजरकोट, सुनसरी, झापा, रोटहत, भोजपुर, सर्लाही,काठमाण्डौको टोखा, काभ्रे लगायतका रहेको थियोे ।
    काठमाण्डौ जिल्लाकाे विरोध कार्यक्रममा क्षेत्र नं ५ को अन्य स्थानहरूमा भन्दा टोखा नगरपालिका वडा नं २,३ बाट नेपाली काङ्ग्रेसका राजनीतिकर्मिहरुले व्यापक
    सहभागीता जनाएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै