• TOKHA LIVE

    • ३० मंसिर २०७७, मंगलवार ०६:१३

    ह्वाइट हाउसमा हुँदा जो बाइडेनकी पत्नीले झै कमला ह्यारिसका पतिले पनि कलेजमा पढाउने

    मंसिर ३०, २०७७ मंगलवार

    वासिंटन डीसी ।नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमह्याफले ह्यारिस ह्वाइट हाउसमा रहँदा पनि युनिभर्सिटीमा पढाउने भएका छन् । वासिंटन डिसीमा रहेको जर्जटाउन युनिभर्सिटीको ल स्कुलमा उनले पढाउने काम स्वीकार गरेका छन् ।

    उनले आफू जर्जटाउन कम्युनिटीमा आवद्ध हुन पाएकोमा निकै खुशी व्यक्त गरेका छन् । उनले त्यहाँ मनोरञ्जन र मिडिया कानुनका बारेमा अध्यापन गराउनेछन् । उनले वकिलका रुपमा भने काम गर्न छाड्नेछन् । आफ्नो ३० बर्षे करिअरमा उनले बौद्धिक सम्पत्ति, मिडिया र मनोरञ्जनसम्बन्धि कानुनमा विज्ञता हासिल गरेका छन् ।

    त्यस्तै नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले प्रथम महिला भएपनि आफ्नो शिक्षण पेशा जारी राख्ने बताइसकेकी छिन् । यसो भएमा जिल बाइडेन ह्वाइटहाउसबाहिर तलबी काम जारी राख्ने अहिलेसम्मकै एकमात्र प्रथम महिला हुनेछन् ।

    डाक्टर जिल बाइडेन नर्थन भर्जिनिया कम्युनिटी कलेजमा पूर्णकालिन अँग्रेजी प्राध्यापक हुन् । उनले एक अन्तरवार्तामा प्रथम महिला भएपनि आफ्नो अध्यापन पेशा भने जारी राख्ने बताएकी थिइन् । उनले आफू ह्वाइटहाउसमा रहँदा पनि पढाउने काम नछाड्ने बताएकी थिइन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै