• TOKHA LIVE

    • २९ मंसिर २०७७, सोमबार १८:१३

    बाङ्गेमुडामा दाँत दुख्दा पुजा गरिने “वा: स्या देय:” चोरीको प्रयास गर्ने एक जना पक्राउ:-

    टाेखा लाइभ / नविना श्रेष्ठ  मंसिर २९

    शुक्रबार मध्य राती थायमारु (बाङ्गेमुदा) मा रहेको ऐतिहासिक एवम पुरातात्विक “वा: स्या देय:” अर्थात दाँत दुख्दा नदुखोस भनेर पूजा गर्ने देउता चोर्न खोज्ने एक व्यक्तिलाई मछिन्द्र क्लबका गार्डले समातेका छन्।

    तर उनको मानसिक अवस्था ठिक  नरहेको भन्दै महानगरीय प्रहरी बृत्त”जनसेवा”ले छोडी दिएको तर फेरि शनिबार मध्य राती आएर पुर्न चोर्ने- बिगार्ने प्रयास गर्दा पुन पक्राउ गरेर  पछि छोडी दिएको थियो ।

    यसरी पटक पटक चोरीको प्रयास भएपछी  स्थानीय जनसेवा प्रहरीमा पुर् पक्राउ गरेर सत्य – तथ्य छानविनको लागि दबाब दिन जाँदै गरेकाे स्थानीय एवम मछिन्द्र क्लबका सदस्य श्रीजन मान श्रेष्ठले जानकारी दिएका छन ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै